default_image

5 years ago

November 2, 2019

‘उत्कृष्ट खेलाडी बन्न नेयमारले पिएसजी छाड्नु पर्छ’

145 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) नछाड्दा सम्म नेयमार विश्वका उत्कृष्ट खेलाडी हुन नसक्ने ब्राजिलियन पूर्व स्टार रिभाल्डोले बताएका छन् । रिभाल्डोले पिएसजीलाई उत्कृष्ट क्लब भएपनि त्यो क्लबका लागि नेयमारले बार्सिलाना छाड्नु गल्ति भएको पनि बताएका छन् ।

२७ वर्षे ब्राजिलियन स्टारले यो सिजन फ्रेन्च च्याम्पियन टोली छाडेर पुनः बार्सिलोना फर्कन चाहेका थिए । पटक पटकको प्रयास असफल भएपछि नेयमार पिएसजीमै रहे । ‘मलाई नेयमारमा पुरा भरोसा छ । तर उनीले पिएजी छाड्न पर्ने हुन्छ । त्यहि कारण पनि हो उनी जुन सुकै मुल्यमा पनि पिएसजी छाड्न चाहन्थे,’ रिभाल्डोले थपे, ‘पिएसजी उत्कृष्ट क्लब हो तर नेयमारको स्तरको क्लब होइन । मलाई लाग्छ विश्व स्तरमा अधिकांशले बार्सिलोना, रियल म्याड्रिड, इग्ल्यान्ड वा जर्मनीको क्लबका बारेमा चर्चा हुने गर्छन । ‘

च्याम्पियन्स लिगमा इतिहास भएको टोलीमा नेयमार हुनुपर्नेमा रिभाल्डोले जोड दिएका छन् । ‘निश्चय नै उनीले च्याम्पियन लिग जिते भने उनी विश्व च्याम्पियन बन्न सक्छन्,’ उनले भने, ‘त्यस्तो हुन सकेमा विश्वको उत्कृष्ट खेलाडी बन्न सक्नेछन् । ‘रिभाल्डोले नेयमार र ब्राजिलियनका पूर्व स्टार रोनाल्डिन्होको तुलना गरेका छन् । रोनाल्डिन्हो पिएसजी छाडेर सन् २००३ मा नोउ क्याम्प पुगेका थिए । त्यहि वर्ष उनले ला लिगा र स्पेनिस सुपर कप जितेका थिए । त्यसपछि २००६ मा च्याम्पियन्स लिग जितेका थिए ।

‘उनी रोनाल्डिन्हो जस्तै हुन् । रोनाल्डिन्हो पिएसजी छाडेर बार्सिलोना पुग र विश्वका उत्कृष्ट खेलाडी बने,’ उनले भने, ‘तर खेल जीवनमा गल्ति हुन्छन् । हामी मान्छे हौं, गल्ति मान्छेबाट हुन्छ । मलाई लाग्छ उनी पिएसजी छानु गल्ति थियो ।’ अझै नेयमारसँग समय रहेकोमा पनि रिभाल्डोले बताए ।

‘उमेर छ । उनीसँग अझै लामो खेल जीवन छ ,’ उनले थपे, ‘उनले यो वर्ष नै करिब करिब पिएसजी छाडेका थिए । मलाई विश्वास छ उनी अर्को वर्ष छाड्नेछन् र विश्वका उत्कृष्ट खेलाडी बन्न सक्नेछन् ।’

March 3, 2025

सुनगाभा सैनामैना गोल्ड कप सुरु हुँदै

सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]

March 3, 2025

मछिन्द्र र आर्मीले आज केपी ओली कपको फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]

March 3, 2025

बार्सिलोना पुनः ला लिगाको शीर्ष स्थानमा

एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको‌ शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]

Success

Thank you for your time.