5 years ago
October 31, 2019
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इन्ज्युरी समयमा गोल गरेपछि युभेन्टसले इटालियन सिरी ए अन्तर्गत बुधबार जेनोआमाथि २–१ को जित दर्ता गरेको छ । जितपछि इन्टर मिलानलाई पछि पार्दै युभेन्ट्स पुनः शीर्षस्थानमा उक्लेको छ ।
३६ औं मिनेटमा लियोनार्दोको हेड गोलमा युभेन्ट्सले खेलमा अग्रता लिएको थियो । तर, चार मिनेट बित्न नपाउँदै क्रिस्टियन काउमेले गोल गर्दा पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा दुवै टोली १० खेलाडीमा सिमित भएका थिए ।
५१ औं मिनेटमा फ्रान्सिस्को कास्लाल्टाले दोहोरो पहेलो कार्डपछि रातो कार्डको सामना गरे । ५७ औं मिनेटमा जेनोआका बेन्चमा रहेका गोलरक्षक फेडेरिको मार्केटिले रेफ्रीको निर्णयमा विरोध जनाउँदा रातो कार्ड पाए ।
युभेन्टसका एड्रियन राबिओटले ८७ औं मिनेटमा दोहोरो पेहेंलो कार्ड पाएपछि युभेन्ट्स पनि दस खेलाडीमा सिमित भएको थियो । इन्जुरी समयमा रोनाल्डोले प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई जित दिलाए । १० खेलपछि युभेन्ट्सको २६ र इन्टर मिलानको २५ अंक छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै एन्फा महासचिव किरण राई विरुद्ध आइतवार उजुरी दिएका छन् । अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर चरित्रहत्या गर्ने […]
March 2, 2025
हिमाल खरेल, बिर्तामोड पाँचौ मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा उज्वेकिस्तान ब्ल्याक बुल्स एफसी सहभागी हुने पक्का भएको छ । नेपालमा पहिलोपटक आएको ब्ल्याक बुल्सले २४ औं आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।सोही टोली काँकरभिट्टा आउने निश्चित भएको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका सल्लाहकार शेरबहादुर बस्नेतले हाम्रो खेलकुदलाई जानकारी दिए । आयोजकले […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लबले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीले केपी ओली कपको फाइनलमा सोमवार साविक विजेता मच्छिन्द्र एफसीको सामना गर्नेछ। आर्मीलाई माथ दिँदै केपी ओली कपमा मच्छिन्द्र ह्याट्रिक गर्ने योजनामा छ । दशरथ रंगशालामा आफ्नो लागि दुर्लभ जस्तै फाइनलमा आर्मी मच्छिन्द्रलाई हराउँदै च्याम्पियन बन्ने दाँउमा हुनेछ। आर्मीले […]