default_image

5 years ago

October 31, 2019

चेल्सीमाथि युनाइटेडको जित

93 views

0 Bookmark

एजेन्सी – मार्कस रासफोर्डले फ्रिकिकमार्फत सनसनीपूर्ण गोल गरेपछि चेल्सीलाई बुधबार २–१ ले हराउँदै म्यानचेस्टर युनाइटेड कारबाओ कपको क्वाटरफाइनलमा पुगेको छ ।

रासफोर्डको पेनाल्टी गोलबाट युनाइटेडले २५ औं मिनेटमा अग्रता लिएको थियो । तर मिचि बासुआई गोलमा ६१ औं मिनेटमा घरेलु मैदानमा चेल्सी खेलमा फर्कियो । ७३ औं मिनेटमा रासफोर्डले फ्रिकिकमार्फत गोल गर्दै टोलीको अघिल्लो चरणको यात्रा पक्का गरेका थिए ।

अर्को खेलमा आर्सनललाई पेनाल्टीमा ५–४ ले पराजित गर्दै लिभरपुल कारबाओ कपको क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित समयमा ५–५ को बराबरीपछिको पेनाल्टीमा लिभरपुलले बाजी मारेको थियो । अर्को खेलमा एस्टन भिल्लाले घरेलु मैदानमा वल्भरह्याम्टनलाई २–१ ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो ।

March 2, 2025

एन्फा महासचिव राईविरुद्ध पूर्व अध्यक्ष थापाको उजुरी

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै एन्फा महासचिव किरण राई विरुद्ध आइतवार उजुरी दिएका छन् । अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर चरित्रहत्या गर्ने […]

March 2, 2025

उज्वेक टोली ब्ल्याक बुल्सले मेचीनगर गोल्डकप खेल्ने

हिमाल खरेल, बिर्तामोड पाँचौ मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा उज्वेकिस्तान ब्ल्याक बुल्स एफसी सहभागी हुने पक्का भएको छ । नेपालमा पहिलोपटक आएको ब्ल्याक बुल्सले २४ औं आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।सोही टोली काँकरभिट्टा आउने निश्चित भएको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका सल्लाहकार शेरबहादुर बस्नेतले हाम्रो खेलकुदलाई जानकारी दिए । आयोजकले […]

March 2, 2025

मच्छिन्द्रको ह्याट्रिक यात्रामा आर्मी चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लबले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीले केपी ओली कपको फाइनलमा सोमवार साविक विजेता मच्छिन्द्र एफसीको सामना गर्नेछ। आर्मीलाई माथ दिँदै केपी ओली कपमा मच्छिन्द्र ह्याट्रिक गर्ने योजनामा छ । दशरथ रंगशालामा आफ्नो लागि दुर्लभ जस्तै फाइनलमा आर्मी मच्छिन्द्रलाई हराउँदै च्याम्पियन बन्ने दाँउमा हुनेछ। आर्मीले […]

Success

Thank you for your time.