default_image

5 years ago

October 31, 2019

रोमाञ्चक खेलमा आर्सनलमाथि लिभरपुलको जित

92 views

0 Bookmark

एजेन्सी– आर्सनललाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै लिभरपुल कारबाओ कपको क्वार्टरफाइनलमा पुगेको छ । गए राती निर्धारित ५–५ को बराबरीपछिको टाइब्रेकरमा लिभरपुलले बाजी मारेको थियो । डिभोक ओरिगीले इन्जुरी समयको चौथो मिनेटमा  बराबरी गोल गरेपछि खेल लम्बिएको थियो ।

छैटौं मिनेटमा स्कोर्डान मुस्ताफीको आत्मघाती गोलमा योर्गन क्लोपको टोलीले अग्रता लिएको थियो । तर लुकास टोरिराले १९ औं मिनेटमा बराबरी गोल गरेका थिए । गाब्रियल मार्टिनेलीले २६ औं र ३६ औं मिनेटमा गोल गरेपछि आर्सनल ३–१ ले अगाडि लागेको थियो । ४३ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टी गोल गरेपछि लिभरपुलले अन्तर घटाएको थियो ।

५४ औं मिनेटमा एन्सले मेटल्यान्ड नाइल्सले गोल गर्दै पुन आर्सनलको अन्तरलाई बढाए । त्यसपछि लिभरपुलले ४ मिनेटको फरकमा २ गोल गर्दै खेलमा पुनरामगन गरेको थियो । एलेक्स अक्सलाडे चेम्बरलेनले ५८ औं र ओरिगीले ६२ औं मिनेटमा गोल गर्दैै अन्तर कम गरे । त्यो अवस्थामा सम्म पनि आर्सनल नै अघिल्लो चरण जाने सम्भावना देखिएको थियो ।

तर ओरिगीले इन्जुरी समयमा गोल गर्दै खेललाई ५–५ को अवस्थामा पुर्याए र खेल पेनाल्टीमा गयो । उनले निको विलियमको पासमा गोल गरेका थिए । सुरुवाती ३ पेनाल्टीमा दुवै टोलीले गोल गरे । चौथोमा आर्सनलका ड्यानी सेबालोस असफल भए । लिभपरुलका लागि ओरिगीले गोल गरे । पाँचौं पेनाल्टीमा आर्सनलका नाइल्सले गोल गरेपनि लिभपुलका कर्टिस जोन्सको गोल निर्णायक बन्यो ।

March 2, 2025

एन्फा महासचिव राईविरुद्ध पूर्व अध्यक्ष थापाको उजुरी

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै एन्फा महासचिव किरण राई विरुद्ध आइतवार उजुरी दिएका छन् । अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर चरित्रहत्या गर्ने […]

March 2, 2025

उज्वेक टोली ब्ल्याक बुल्सले मेचीनगर गोल्डकप खेल्ने

हिमाल खरेल, बिर्तामोड पाँचौ मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा उज्वेकिस्तान ब्ल्याक बुल्स एफसी सहभागी हुने पक्का भएको छ । नेपालमा पहिलोपटक आएको ब्ल्याक बुल्सले २४ औं आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।सोही टोली काँकरभिट्टा आउने निश्चित भएको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका सल्लाहकार शेरबहादुर बस्नेतले हाम्रो खेलकुदलाई जानकारी दिए । आयोजकले […]

March 2, 2025

मच्छिन्द्रको ह्याट्रिक यात्रामा आर्मी चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लबले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीले केपी ओली कपको फाइनलमा सोमवार साविक विजेता मच्छिन्द्र एफसीको सामना गर्नेछ। आर्मीलाई माथ दिँदै केपी ओली कपमा मच्छिन्द्र ह्याट्रिक गर्ने योजनामा छ । दशरथ रंगशालामा आफ्नो लागि दुर्लभ जस्तै फाइनलमा आर्मी मच्छिन्द्रलाई हराउँदै च्याम्पियन बन्ने दाँउमा हुनेछ। आर्मीले […]

Success

Thank you for your time.