5 years ago
October 31, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बुधबार रियल म्याड्रिडले लेगानेसमाथि ५-० को फराकिलो जित दर्ता गरेको छ ।
खेलको सातौं मिनेटमा युवा फरवार्ड रोड्रीगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले करीम बेन्जेमाको पासमा गोल गरे । त्यसको एक मिनेट नबित्दै बेन्जेमाकै पासमा टोनी क्रुसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । २४ अौं मिनेटमा रियलले पेनाल्टी प्राप्त गरेपछि कप्तान सर्जियो रामोसले गोल गर्दै रियललाई ३-० ले अगाडि बढाए ।
दोस्रो हाफको ६९ अौं रियलले पुन: पेनाल्टी अवसर प्राप्त गर्यो । यसपटक बेन्जेमाले पेनाल्टीलाई गोलमा परिणत गरे । इन्ज्युरी समयमा लुका जोभिचले गोल गर्दै रियलको फराकिलो जित पक्का गरे । वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका उनले ड्यानी कार्भाजलको पास सदुपयोग गरेका थिए ।
यस जितसँगै रियल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले १० खेलमा २१ अंक जोडेको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको २२ अंक छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै एन्फा महासचिव किरण राई विरुद्ध आइतवार उजुरी दिएका छन् । अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर चरित्रहत्या गर्ने […]
March 2, 2025
हिमाल खरेल, बिर्तामोड पाँचौ मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा उज्वेकिस्तान ब्ल्याक बुल्स एफसी सहभागी हुने पक्का भएको छ । नेपालमा पहिलोपटक आएको ब्ल्याक बुल्सले २४ औं आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।सोही टोली काँकरभिट्टा आउने निश्चित भएको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका सल्लाहकार शेरबहादुर बस्नेतले हाम्रो खेलकुदलाई जानकारी दिए । आयोजकले […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लबले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीले केपी ओली कपको फाइनलमा सोमवार साविक विजेता मच्छिन्द्र एफसीको सामना गर्नेछ। आर्मीलाई माथ दिँदै केपी ओली कपमा मच्छिन्द्र ह्याट्रिक गर्ने योजनामा छ । दशरथ रंगशालामा आफ्नो लागि दुर्लभ जस्तै फाइनलमा आर्मी मच्छिन्द्रलाई हराउँदै च्याम्पियन बन्ने दाँउमा हुनेछ। आर्मीले […]