5 years ago
October 30, 2019
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत मंगलबारको खेलमा ब्रेसियालाई पराजित गर्दै इन्टर मिलान अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । ब्रेसियाको मैदानमा इन्टरले २-१ को जित दर्ता गरेको हो ।
इन्टरका लागि खेलको २३ औं मिनेटमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले गोल गर्दै अग्रता दिलाएका थिए । उनको प्रहार विपक्षी खेलाडीलाई लाग्दै गोलमा परिणत भएको थियो । दोस्रो हाफको ६३ औं मिनेटमा उत्कृष्ट लयमा रहेका फरवार्ड रोमेलु लुकाकुले इन्टरको अग्रता दोब्बर पारे । यसै सिजन म्यानचेस्टर युनाइटेडबाट आएका लुकाकुले दायाँ विङबाट बललाई पोस्टतर्फ ल्याउँदै २५ यार्ड टाढाबाट गोल गरेका थिए । उनले यस सिजन १० खेलमा ७ गोल गरिसकेका छन् ।
खेलको ७६ औं मिनेटमा ब्रेसियाले गोल गर्दै खेलमा फर्कने लक्षण देखायो । इन्टरका डिफेन्डर मिलान स्क्रिनियरले आत्मघाती गोल गरेपनि इन्टरले त्यसपछि सम्हालिएको प्रदर्शन गर्यो । यसै सिजन टोलीको जिम्मेवारी सम्हालेका प्रशिक्षक एन्टोनियो कोन्टेले टोलीसँग रहेर राम्रो प्रदर्शन गरिरहेका छन् ।
यस जितसँगै इन्टर अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । इन्टरले १० खेलमा ८ जित, १ बराबरी र १ हारसँगै २५ अंक जोडेको छ । साविक विजेता युभेन्टस ९ खेलमा २३ अंकसहित दोस्रो स्थानमा छ । जारि सिजन अपराजित रहेको युभेन्ट्सले बुधबार जेनोआको सामना गर्दैछ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै एन्फा महासचिव किरण राई विरुद्ध आइतवार उजुरी दिएका छन् । अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर चरित्रहत्या गर्ने […]
March 2, 2025
हिमाल खरेल, बिर्तामोड पाँचौ मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा उज्वेकिस्तान ब्ल्याक बुल्स एफसी सहभागी हुने पक्का भएको छ । नेपालमा पहिलोपटक आएको ब्ल्याक बुल्सले २४ औं आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।सोही टोली काँकरभिट्टा आउने निश्चित भएको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका सल्लाहकार शेरबहादुर बस्नेतले हाम्रो खेलकुदलाई जानकारी दिए । आयोजकले […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लबले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीले केपी ओली कपको फाइनलमा सोमवार साविक विजेता मच्छिन्द्र एफसीको सामना गर्नेछ। आर्मीलाई माथ दिँदै केपी ओली कपमा मच्छिन्द्र ह्याट्रिक गर्ने योजनामा छ । दशरथ रंगशालामा आफ्नो लागि दुर्लभ जस्तै फाइनलमा आर्मी मच्छिन्द्रलाई हराउँदै च्याम्पियन बन्ने दाँउमा हुनेछ। आर्मीले […]