5 years ago
October 30, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले आफ्नो करीअरमा फ्रिकिकमार्फत मात्रै अर्धशतक अर्थात् ५० गोल पूरा गरेका छन् । मंगलबार भालाडोलिडविरुद्ध ५-१ को जितमा २ गोल र २ असिस्ट गरेका मेस्सीले फ्रिकिकमा गोल गर्दै उक्त आँकडा पार गरेका हुन् ।
मेस्सीले खेलको ३५ औं मिनेटमा पेनाल्टी क्षेत्रभन्दा केहि बाहिर रहेको फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए । उनले पहिलोपटक सन् २००८ मा एटलेटिको म्याड्रिडविरुद्ध ला लिगाअन्तर्गत क्याम्प नोउमा फ्रिकी गोल गरेका थिए । त्यसयता उनले बार्सिलोनाबाट ४४ तथा अर्जेन्टिनाबाट ६ पटक फ्रिकिकमा गोल गरेका छन् ।
मेस्सीले ५० मध्य ३३ गोल ला लिगामा गरेका छन् । च्याम्पियन्स लिगमा ५, कोपा डेल रेमा ३, युरोपेली सुपर कपमा २ तथा स्पेनिस सुपर कपमा १ गोल गरेका उनले बाँकी छ भने राष्ट्रिय टोलीको जर्सीमा गरेका हुन् । यसमध्य २९ गोल घरेलु मैदान, १६ गोल अवे मैदान तथा ५ गोल न्युट्रल मैदानमा सम्भव भएका छन् ।
मेस्सीले एस्पान्योलविरुद्ध सर्वाधिक ६ पटक सिधै फ्रिकिकमा गोल गरेका छन् । त्यसपछि सेभिल्ला र एथ्लेटिक बिल्बाओविरुद्ध ५-५ पटक तथा एटलेटिको म्याड्रिडविरुद्ध ३ गोल फ्रिकिकमा सम्भव भएका छन् । डेपोर्टिभो, रियल म्याड्रिड, अल्मेरिया, बेटिस, भिल्लारियल र अलाभेसविरुद्ध पनि २-२ पटक उनले फ्रिकिक गोल गरेका छन । मेस्सीले सन् २०१५ सेभिल्ला तथा सन् २०१८ मा एस्पान्योलविरुद्ध एकै खेलमा २ पटक फ्रिकिक गोल समेत गरेका थिए ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै एन्फा महासचिव किरण राई विरुद्ध आइतवार उजुरी दिएका छन् । अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर चरित्रहत्या गर्ने […]
March 2, 2025
हिमाल खरेल, बिर्तामोड पाँचौ मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा उज्वेकिस्तान ब्ल्याक बुल्स एफसी सहभागी हुने पक्का भएको छ । नेपालमा पहिलोपटक आएको ब्ल्याक बुल्सले २४ औं आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।सोही टोली काँकरभिट्टा आउने निश्चित भएको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका सल्लाहकार शेरबहादुर बस्नेतले हाम्रो खेलकुदलाई जानकारी दिए । आयोजकले […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लबले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीले केपी ओली कपको फाइनलमा सोमवार साविक विजेता मच्छिन्द्र एफसीको सामना गर्नेछ। आर्मीलाई माथ दिँदै केपी ओली कपमा मच्छिन्द्र ह्याट्रिक गर्ने योजनामा छ । दशरथ रंगशालामा आफ्नो लागि दुर्लभ जस्तै फाइनलमा आर्मी मच्छिन्द्रलाई हराउँदै च्याम्पियन बन्ने दाँउमा हुनेछ। आर्मीले […]