5 years ago
October 30, 2019
एजेन्सी – कप्तान लिओनेल मेस्सीको सानदार प्रदर्शनसँगै बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत मंगलबार रियल भालाडोलिडलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ । मेस्सीले २ गोल र २ असिस्ट प्रदान गर्ने क्रममा फ्रिकिकमा समेत गोल गरे ।
खेलको दोस्रो मिनेटमा नै बार्सिलोनाले अग्रता लिएको थियो । क्लेमेन्ट लेङलेटले भालाडोलिडको डिफेन्सले क्लियर गर्न नसकेको बलमा गरेको शक्तिशाली प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो । १५ औं मिनेटमा नै भालाडोलिडले खेल बराबरीमा ल्यायो । फ्रिकिकमा आएको प्रहारलाई बार्साका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाएपनि रिबाउन्डमा किको ओलिभासले गोल गर्न सफल रहे ।
खेलको २९ औं मिनेटमा बार्सिलोनाले पुन: अग्रता कायम गर्यो । लिओनेल मेस्सीको पासमा आर्टुरो भिडालले गोल गर्द्दै बार्सिलोनालाई अगाडी बढाए । त्यसको ५ मिनेटपछि नै मेस्सीले अग्रता दोब्बर पारे । मेस्सीले पेनाल्टी क्षेत्रबाहिर प्राप्त फ्रिकिकलाई दर्शनीय गोलमा परिणत गरेका थिए । मेस्सीको यो ५० औं फ्रिकिक गोल पनि हो ।
खेलको ७५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । इभान राकीटिचको पासमा मेस्सीले गरेको प्रहार गोलरक्षक जोर्डी मासिपले बचाउन सकेनन् । त्यसको २ मिनेटमा अर्का फरवार्ड लुइस सुआरेजले पनि गोल गरे । उनले मेस्सीसँग वन-टु पास खेल्दै उत्कृष्ट फिनिस गरेपछि बार्सिलोनाले ५-१ को जित पक्का गरेको थियो ।
यस जितसँगै बार्सिलोनाले लिगको शीर्षस्थानमा पुनरागमन गरेको छ । बार्सिलोनाको १० खेलमा २२ अंक रहेको छ भने दोस्रो स्थानको ग्रानडाले १० खेलमा २० अंक जोडेको छ । तेस्रो स्थानको एटलेटिकोले ११ खेलमा २० अंक जोडेको छ । रियल सोसीडाड र सेभिल्लाको १० खेलमा १९-१९ अंक छ भने रियल म्याड्रिडको ९ खेलमा १८ अंक रहेको छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै एन्फा महासचिव किरण राई विरुद्ध आइतवार उजुरी दिएका छन् । अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर चरित्रहत्या गर्ने […]
March 2, 2025
हिमाल खरेल, बिर्तामोड पाँचौ मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा उज्वेकिस्तान ब्ल्याक बुल्स एफसी सहभागी हुने पक्का भएको छ । नेपालमा पहिलोपटक आएको ब्ल्याक बुल्सले २४ औं आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।सोही टोली काँकरभिट्टा आउने निश्चित भएको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका सल्लाहकार शेरबहादुर बस्नेतले हाम्रो खेलकुदलाई जानकारी दिए । आयोजकले […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लबले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीले केपी ओली कपको फाइनलमा सोमवार साविक विजेता मच्छिन्द्र एफसीको सामना गर्नेछ। आर्मीलाई माथ दिँदै केपी ओली कपमा मच्छिन्द्र ह्याट्रिक गर्ने योजनामा छ । दशरथ रंगशालामा आफ्नो लागि दुर्लभ जस्तै फाइनलमा आर्मी मच्छिन्द्रलाई हराउँदै च्याम्पियन बन्ने दाँउमा हुनेछ। आर्मीले […]