5 years ago
October 28, 2019
एजेन्सी – सन् २०१५ मे २४ तारिखको दिन गेटाफे र रियल म्याड्रिडविरुद्ध खेलमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि तत्कालिन प्रशिक्षक फर्नान्डो हिएरोले युवा मिडफिल्डर मार्टिन ओडेगार्डलाई मैदानमा उतारेका थिए । त्यसबेला १६ वर्ष १५७ दिनको उमेरमा रियलबाट डेब्यु गर्दै उनी क्लब इतिहासकै सर्वाधिक कान्छा खेलाडी बने ।
त्यसपछि म्याड्रिडको सिनियर टोलीमा उनले नियमित स्थान बनाउन सकेनन् । कहिलेकाहिँ सिनियर टोलीसँग प्रशिक्षण गर्नबाहेक उनले अधिकांश समय दोस्रो टोलीबाट नै खेले । उनले रियलको युवा टोलीबाट ५८ खेल खेलेपछि सन् २०१७ जनवरीमा लोनमा डच टोली हिरेनभीनसँग सम्झौता गरे । झन्डै डेढ वर्ष उक्त क्लबबाट खेल्दै उनले सिनियर फुटबलमा अनुभव बटुले ।
त्यसअघि नै ओडेगार्डले नर्वेमा जम्मा १५ वर्षको उमेरमा व्यावसायिक फुटबल खेल्दै सबैभन्दा कम उमेरका खेलाडीको कीर्तिमान राखेका थिए । उनले आफ्नो क्लब स्ट्रमगडसेटका लागि गोल समेत गर्दै नर्वेको शीर्ष डिभिजन लिगका कान्छा गोलकर्ता बने । लगत्तै उनले नर्वेको सिनियर टोलीबाट खेल्दै राष्ट्रिय टोलीबाट खेल्ने कान्छा खेलाडी बने । उमेरको हिसाबका कीर्तिमान कायम गरेका उनले प्रदर्शन सोहि अनुसार नियमित दिन सकेका थिएनन् ।
सन् २०१८ को अगष्टमा उनी अर्को डच क्लब भिटेस आर्नहममा पुगे । उनले गत सिजन उक्त क्लबबाट सानदार प्रदर्शन गरे । सिजन अवधिभर ११ गोल र १२ असिस्ट प्रदान गरेका ओडेगार्ड लिगको उत्कृष्ट टिममा पनि परे । आयाक्स र पीएसभीबाहेक क्लबबाट उत्कृष्टमा पर्ने उनी एक्ला खेलाडी थिए । उनले यस सिजनको सुरुवातमा भने रियल सोसीडाडबाट एक सिजन खेल्ने निर्णय गरे ।
ओडेगार्डसँगै सोसीडाडले एलेक्जेन्डर इसाक र फ्रान्सेली डिफेन्डर मोडिबो साग्नानलाई अनुबन्ध गरेको थियो । प्रशिक्षक इमानोल अल्गुअसिलले ओडेगार्डलाई पहिलो खेलमा नै सुरुवाती ११ मा राखे । डेब्युमा भ्यालेन्सियाविरुद्ध १-१ को बराबरीमा खेलेका उनले दोस्रो खेलमा गोल गर्दै मालोर्काविरुद्ध १-० को जित दिलाए । आक्रामक मिडफिल्डको भूमिकामा खेल्दै आएका ओडेगार्डको प्राविधिक शैली र विशेषगरि पासिङ क्षमताको चौतर्फी प्रशंसा हुँदै आएको छ । युवा उमेरमा नै उनले देखाएको नेतृत्वदायी भूमिकाले पनि उनलाई थप सहयोग पुगेको छ ।
यसै सिजन एटलेटिको म्याड्रिडविरुद्ध खेलमा एक गोल र एक असिस्टसहित २-० को जित दिलाउँदा सानदार प्रदर्शन गरे । त्यसपछि अलाभेस र सेभिल्लाविरुद्ध खेलमा पनि ओडेगार्डले असिस्ट प्रदान गरेका थिए । विशेषत अलाभेसविरुद्ध उनको थ्रु बलमा दिएको असिस्ट दर्शनीय थियो । ओडेगार्ड नियमित राम्रो प्रदर्शन गरेको कारण नै सेप्टेम्बरमा लिगको सर्वोत्कृष्ट खेलाडी पनि चुनिएका थिए । उनी हालसम्म क्लबका लागि सबै खेलको सबै मिनेट खेल्ने एकमात्र खेलाडी पनि हुन् ।
अक्टोबरमा भएको युरो छनोटमा उनले स्पेन र स्वीडेनविरुद्ध खेल्दै राष्ट्रिय टोलीका लागि २२ खेल पुर्याए । आइतबारको खेलमा पनि सेल्टा भिगोविरुद्ध सोसीडाडले १-० को जित दर्ता गर्दा ओडेगार्डकै असिस्टमा एलेक्जेन्डर इसाकले एकमात्र गोल गरेका थिए । ओडेगार्डले उनको करिअरको सुरुवातमा अपेक्षा गरेअनुसार प्रदर्शन अहिले गरिरहेका छन् ।
कमै खेलाडीले करीअरको सुरुवातमा ओडेगार्डजतिको चर्चा पाउने गर्छन् । यसले उनीमाथि दबाब थप्नेमा दुइमत छैन । उनी डिसेम्बरमा २१ वर्ष पूरा हुँदैछन् । यसको मतलब उनको उत्कृष्ट प्रदर्शन गर्ने उमेर अझै बाँकी नै छ । रियल म्याड्रिडसँग सन् २०२२ सम्म सम्झौतामा रहेका उनी सोसीडाडमा २ वर्षको लोनमा आएका हुन् । उनले अब सोसीडाडमा राम्रो प्रदर्शन गर्दै रियल म्याड्रिडमा स्थान पक्का गर्ने लक्ष्यमा हुनेछन् । रियलको नजर पनि ओडेगार्डको प्रदर्शनमा हुनेछ । लुका मोड्रीच करीअरको उत्तरार्द्धमा आइपुगेको अवस्थामा ओडेगार्डको आगमन रियललाई दीर्घकालीन समाधान हुनेछ ।
March 1, 2025
धनगढी (हाम्रो खेलकुद)- धनगढी एफसीको ट्यालेन्ट हन्ट बाट ४ फुटबल खेलाडी छनोट भएका छन् । नेपाल सुपर लिग( एनएसएल) तेस्रो संस्करणका लागि धनगढी एफसीले शनिवार धनगढी स्थित रंगशालामा गरेको ट्यालेन्ट हन्टमा ४ जना खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा दिनेश नेपाली (गोलकिपर), सुमित सार्की (फरवार्ड), सोयम चौधरी (डिफेन्डर) र सन्दीप धामी (मिडफिल्डर) रहेका छन् […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग ( एनएसएल) टोली झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाबासीलाई झापा एफसीको अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् । बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै उनले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टोली भएकाले सबै पूर्वेलीसँग सहयोगको अपेक्षा रहेको बताए । अध्यक्ष खड्काले यो पटकको एनएसएल च्याम्पियन बन्नेगरी तयारी सुरु […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]