5 years ago
October 28, 2019
एजेन्सी – जर्मन फुटबल लिगको दोस्रो श्रेणी बुन्डेसलिगा-२ अन्तर्गत शुक्रबार होलस्टेन किएल र बोकुमबीचको खेलमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै रेफ्रीले आश्चर्यजनक पेनाल्टी निर्णय दिए ।
खेल चलिरहेको अवस्थामा पोस्ट पछाडी वैकल्पिक खेलाडी वार्मअप गरिरहेका थिए । बोकुमका खेलाडीले गरेको प्रहार पोस्टभन्दा बाहिर जाने पक्का भएपछि वार्मअप गर्दै गरेका मिडफिल्डर मिकेल एबेरवेनले बललाई खुट्टाले रोके । तर उनले बल पूरै लाइनभन्दा बाहिर नजाँदै रोकेको भीएआरमार्फत रेफ्रीले पत्ता लागाए । नतिजा रेफ्रीले उनलाई पहेंलो कार्ड देखाउँदै विपक्षी टोलीलाई पेनाल्टी अवसर दिए ।
अन्तर्राष्ट्रिय फुटबलको नियमअनुसार यदिप वैकल्पिक खेलाडीले खेलमा असर गर्न खोजेमा जहाँ गल्ति गरेको हो त्यसै स्थानबाट सिधा फ्रिकिक अथवा पेनाल्टी दिन पाउने व्यवस्था छ । एबेरवेनले पेनाल्टी बक्सभित्र नै रहेको बल रोकेपछि रेफ्रीले उनलाई पहेंलो कार्ड दिँदै विपक्षी टोलीलाई पेनाल्टी दिएका थिए । विगतमा रेफ्रीले यस्तो निर्णय गर्न कठिन हुने भएपनि पछिल्लो समय भीएआरको आगमनसँगै यस्ता गल्तिमा पनि रेफ्रीले कारवाही गर्न थालेका हुन् ।
बोकुमले प्राप्त गरेको पेनाल्टीलाई फरवार्ड सिलेभेर एमबोसीले गोलमा परिणत गरे । किएल खेलमा १-० ले अग्रतामा रहेको अवस्थालाई पेनाल्टी गोलले १-१ को बराबरीमा ल्याएको थियो । यद्यपी दोस्रो हाफमा जानी सर्राले गोल गर्दै किएलको जित पक्का गरे । बाहिरिन लागेको बल छोएका एबेरवेन यसै सिजन मात्र फोर्चुना कोलनबाट किएल आएका हुन् । उनले हालसम्म कुनै खेल खेलेका छैनन् । यस अर्थमा उनले क्लबका लागि मैदान प्रवेश नगर्दै गरेको पहिलो टच टोलीको लागि महँगो परेको छ ।
उक्त पेनाल्टी घटनाको भिडियो :
March 1, 2025
धनगढी (हाम्रो खेलकुद)- धनगढी एफसीको ट्यालेन्ट हन्ट बाट ४ फुटबल खेलाडी छनोट भएका छन् । नेपाल सुपर लिग( एनएसएल) तेस्रो संस्करणका लागि धनगढी एफसीले शनिवार धनगढी स्थित रंगशालामा गरेको ट्यालेन्ट हन्टमा ४ जना खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा दिनेश नेपाली (गोलकिपर), सुमित सार्की (फरवार्ड), सोयम चौधरी (डिफेन्डर) र सन्दीप धामी (मिडफिल्डर) रहेका छन् […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग ( एनएसएल) टोली झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाबासीलाई झापा एफसीको अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् । बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै उनले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टोली भएकाले सबै पूर्वेलीसँग सहयोगको अपेक्षा रहेको बताए । अध्यक्ष खड्काले यो पटकको एनएसएल च्याम्पियन बन्नेगरी तयारी सुरु […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]