5 years ago
October 28, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा आफ्नो दबदबालाई कायम राखेको छ । टोलीले आइतबार मार्सेलीलाई ४–० ले पराजित गरेको थियो । मार्सेलीले सन् २०११ यता पिएसजीलाई हराउन सकेको छैन । पिएसजीले पहिलो हाफमै ४ गोल गरेको थियो ।
चोटका कारण नेयमार उपस्थित नरहेको पछिल्ला ३ खेलमा पिएसजीले १३ गोल गरिसकेको छ । मंगलबार च्याम्पियन्स लिगमा ५ गोल गरेका माउरो आइकार्डी र केलियन बाप्पेले आइतबारको जितमा समान २ गोल गरेका थिए । मार्सेलीका गोलकिपरले केहि राम्रो बचाउ गर्दा पिएसजीको अग्रता बढ्न पाएन ।
११ खेलको समाप्तीमा शीर्षस्थानको पिएसजीले दोस्रो स्थानको टोलीलाई ८ अंकले पछाडि पारेको छ । मार्सेली पिएसजी भन्दा ११ अंकले पछाडि छ । टोली सातौं स्थानमा रहेको छ । पिएसजीका लागि सुरुका दुई गोल आइकार्डीले १० औं र २६ औं मिनेटमा गरे । बाप्पले ३२ औं र ४४ मिनेटमा गरेका थिए ।
March 1, 2025
धनगढी (हाम्रो खेलकुद)- धनगढी एफसीको ट्यालेन्ट हन्ट बाट ४ फुटबल खेलाडी छनोट भएका छन् । नेपाल सुपर लिग( एनएसएल) तेस्रो संस्करणका लागि धनगढी एफसीले शनिवार धनगढी स्थित रंगशालामा गरेको ट्यालेन्ट हन्टमा ४ जना खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा दिनेश नेपाली (गोलकिपर), सुमित सार्की (फरवार्ड), सोयम चौधरी (डिफेन्डर) र सन्दीप धामी (मिडफिल्डर) रहेका छन् […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग ( एनएसएल) टोली झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाबासीलाई झापा एफसीको अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् । बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै उनले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टोली भएकाले सबै पूर्वेलीसँग सहयोगको अपेक्षा रहेको बताए । अध्यक्ष खड्काले यो पटकको एनएसएल च्याम्पियन बन्नेगरी तयारी सुरु […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]