default_image

9 years ago

June 15, 2016

युरो कप : रुस निराश स्लोभाकियालाई ३ अंक

83 views

0 Bookmark

युरो कपको पहिलो खेलमा वेल्स बिरुद्ध निराश जनक नतिजा निकालेको स्लोभाकियाले रुस बिरुद्ध जित हात पार्दै प्रतियोगिताको अर्को चरण पुग्ने आशा यथावथ राखेको छ ।

Slovakiya

पहिलो हाल्फमा नै दुइ गोलको अग्रता लिदै स्लोभाकियाले रुसलाई दबाबमा राख्न सफल रह्यो , तर दोस्रो हाल्फमा रुसको अनेकौ प्रहार बिफल हुँदा १ गोल मात्र गर्न सक्यो ।

स्लोभाकियाको लागी भ्लाड्मिर वैसले ३२ औ मिनेट मा गोल गर्दै अग्रता दिलाए भने मारेक हम्सिकको पहिलो हाल्फको अन्त्य भन्दा केहि अगाडीको गोलले स्लोभाकियाको अग्रता बलियो बनायो ।

दोस्रो हाल्फ मा रुस खेलमा फर्किन आतुर देखियो र कैयौ मुभ हरु बनायो । फल स्वरुप डेनिस ग्लुसाकोब ले ८० मिनेट मा गोल गर्दै रुसको आशा जिवित राखे तर इङ्ल्याण्ड लाई जस्तै अन्तिम मिनेट सम्म स्लोभकिया लाई स्तब्ध गर्ने रुसको योजना बिफल भयो ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.