5 years ago
October 28, 2019
एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा फेब्रुअरी यता पहिलो पटक अवे जित निकालेको छ । आइतबार नर्विच सिटीका गोलकिपर टिम क्रुलले २ वटा पेनाल्टी जोगाउनँदा पनि युनाइटेड ३–१ ले विजयी भएको थियो ।
२१ ओं मिनेटमा स्कट म्याक टोमिनेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । प्रिमियर लिगमा युनाइटेडको त्यो २ हजारौं गोल थियो । त्यसपछि युनाइटेडले अग्रता दोब्बर पार्ने अवसर चुकायो । मार्कोस रासफोर्डको पेनाल्टीलाई क्रुलले रोके ।
भिडियो असिस्टेन्ड रेफ्री (भिएआर) को सहायतामा प्राप्त पेनाल्टीमा युनाइटेड चुकेको हो । तर, रासफोर्डले ३० औं मिनेटमा काउन्टर एट्याकमा गोल गर्दै अग्रता दोब्बर पारे । मध्यान्तर अघि क्रुलले अर्को पेनाल्टी रोकेका थिए । त्यति बेला भने एन्टोनियो मार्सियलले पेनाल्टी प्रहार गरेका थिए ।
पेनाल्टी चुकेपनि मार्सियलले पनि ७३ औं मिनेटमा गोल गरेका थिए । खेल सकिन २ मिनेट बाँकी रहँदा ओनल हर्नान्डेजले नर्विचका लागि गोल फर्काएका थिए । ७ अंक मात्र जोड्न सकेको नर्विच पुछारबाट दोस्रोमा छ । युनाइटेडले १० खेलमा १३ अंक पुर्याएको छ ।
लिगमा आइतबारको खेलहरु
न्युकासल युनाइटेड १–१ उल्भरह्याम्टन वन्डरर्स
आर्सनल २–२ क्रिस्टिल प्यालेस
लिभरपुल २–१ टोटेनहम
नर्विच सिटी १ –३ म्यानचेस्टर युनाइटेड
March 1, 2025
धनगढी (हाम्रो खेलकुद)- धनगढी एफसीको ट्यालेन्ट हन्ट बाट ४ फुटबल खेलाडी छनोट भएका छन् । नेपाल सुपर लिग( एनएसएल) तेस्रो संस्करणका लागि धनगढी एफसीले शनिवार धनगढी स्थित रंगशालामा गरेको ट्यालेन्ट हन्टमा ४ जना खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा दिनेश नेपाली (गोलकिपर), सुमित सार्की (फरवार्ड), सोयम चौधरी (डिफेन्डर) र सन्दीप धामी (मिडफिल्डर) रहेका छन् […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग ( एनएसएल) टोली झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाबासीलाई झापा एफसीको अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् । बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै उनले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टोली भएकाले सबै पूर्वेलीसँग सहयोगको अपेक्षा रहेको बताए । अध्यक्ष खड्काले यो पटकको एनएसएल च्याम्पियन बन्नेगरी तयारी सुरु […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]