5 years ago
October 27, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल बेटिसलाई १-० ले पराजित गर्दै ग्रानडा अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
ग्रानडाको जितमा बेटिसकै पुर्व खेलाडी अल्भारो भाडील्लोले गोल गरेका थिए । उनले ६१ औं मिनेटमा गोलरक्षक जोल रोबल्सलाई पहिलो पोस्टमा बिट गर्दै अग्रता दिलाएका थिए । त्यसको केहीबेरमै ग्रानडाले अग्रता दोब्बर पार्ने अवसर पाएपनि रामोन अजिजको प्रहार पोस्टमा लागेर फर्कियो । फर्केर आएको बललाई कार्लोस फर्नानडेजले पोस्टको दिशा दिन सकेनन् ।
ग्रानडा क्लबको इतिहासमा नै पहिलो पटक स्पेनिस लिगको शीर्ष डिभिजनको शीर्षस्थानमा पुग्न सफल भएको हो । ग्रानडा अब कम्तिमा पनि मंगलबारसम्म शीर्ष स्थानमा रहनेछ । ग्रानडाले १० खेल खेल्दै २० अंक जोडेको छ । यता एक खेल कम खेलेको बार्सिलोना भने ९ खेलमा १९ अंक जोड्दै दोस्रो स्थानमा छ । बेटिस भने हारसँगै रेलिगेसन क्षेत्रमा झरेको छ ।
March 1, 2025
धनगढी (हाम्रो खेलकुद)- धनगढी एफसीको ट्यालेन्ट हन्ट बाट ४ फुटबल खेलाडी छनोट भएका छन् । नेपाल सुपर लिग( एनएसएल) तेस्रो संस्करणका लागि धनगढी एफसीले शनिवार धनगढी स्थित रंगशालामा गरेको ट्यालेन्ट हन्टमा ४ जना खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा दिनेश नेपाली (गोलकिपर), सुमित सार्की (फरवार्ड), सोयम चौधरी (डिफेन्डर) र सन्दीप धामी (मिडफिल्डर) रहेका छन् […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग ( एनएसएल) टोली झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाबासीलाई झापा एफसीको अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् । बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै उनले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टोली भएकाले सबै पूर्वेलीसँग सहयोगको अपेक्षा रहेको बताए । अध्यक्ष खड्काले यो पटकको एनएसएल च्याम्पियन बन्नेगरी तयारी सुरु […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]