default_image

5 years ago

October 27, 2019

लेवान्डोस्कीको कीर्तिमानसँगै बायर्न शीर्षस्थानमा

107 views

0 Bookmark

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले कीर्तिमान रचेपछि बायर्न म्युनिखले शनिबार युनियन बर्लिनलाई २-१ ले पराजित गरेको छ । लेवान्डोस्कीले बुन्डेसलिगा सिजनको सुरुवाती ९ खेलमा नै लगातार गोल गर्दै कीर्तिमान राखेका हुन् ।

खेलको पहिलो हाफमा नै बेन्जामिन पाभार्डको गोलमा बायर्नले अग्रता लिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा गोल गर्दै लेवान्डोस्कीले बायर्नको अग्रता दोब्बर पारे । यो उनको जारि सिजनको १९ औं गोल पनि हो । खेलको ४ मिनेट समय बाँकी रहँदा बर्लिनका लागि सबास्टियन पोलारले पेनाल्टीमार्फत गोल फर्काएपनि बायर्नले जित दर्ता गर्न सफल रहयो ।

जारी सिजन उत्कृष्ट लयमा रहेका लेवान्डोस्कीले लगातार गोल गरिरहेका छन् । उनले सन् २०१९ मा खेलेका ३७ खेलमा ३७ गोल गरेका छन् । यसक्रममा उनले लिओनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र किलियन एमबाप्पेलाई पनि उछिनेका छन् । उनले सिजनमा पनि १४ खेलमा १९ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले बायर्नका सबै प्रतियोगितामा पछिल्ला १३ खेलमा लगातार गोल गरेका छन् ।

यस जितसँगै बायर्न अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बायर्नको ९ खेलमा १९ अंक छ भने दोस्रो स्थानको फ्राइबर्गको १७ अंक छ । डर्टमुन्ड शनिबार साल्केसँग गोलरहित बराबरीमा रोकिँदा ९ खेलमा १६ अंकसहित तेस्रो स्थानमा छ ।

March 1, 2025

धनगढी एफसीको ट्यालेन्ट हन्ट – ४ खेलाडी छनोट

धनगढी (हाम्रो खेलकुद)- धनगढी एफसीको ट्यालेन्ट हन्ट बाट ४ फुटबल खेलाडी छनोट भएका छन् । नेपाल सुपर लिग‌( एनएसएल) तेस्रो संस्करणका लागि धनगढी एफसीले शनिवार धनगढी स्थित रंगशालामा गरेको ट्यालेन्ट हन्टमा ४ जना खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा दिनेश नेपाली (गोलकिपर), सुमित सार्की (फरवार्ड), सोयम चौधरी (डिफेन्डर) र सन्दीप धामी (मिडफिल्डर) रहेका छन् […]

March 1, 2025

झापा एफसीको पूर्वेलीसँग सहयोगको अपेक्षा

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग ( एनएसएल) टोली झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाबासीलाई झापा एफसीको अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् । बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै उनले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टोली भएकाले सबै पूर्वेलीसँग सहयोगको अपेक्षा रहेको बताए । अध्यक्ष खड्काले यो पटकको एनएसएल च्याम्पियन बन्नेगरी तयारी सुरु […]

March 1, 2025

प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]

Success

Thank you for your time.