default_image

9 years ago

June 15, 2016

ललित स्मृतिमा थ्री स्टारको पराजय, पुलिसले सरस्वतीलाई हरायो

138 views

0 Bookmark

काठमाडौँ, १ आषाढ

ललित स्मृति यु१८ फुटबल प्रतियोगिता २०७३ अन्तर्गत सी.एम.जी क्लब संकटा र नेपाल पुलिस क्लबले आज एन्फा कम्प्लेक्समा भएको आ-आफ्नो खेलमा जित दर्ता गरेका छन्|

Aditya Shakya tries to get past devender of CMG Club Sankata (RED) vs Ruslan Three Star Club (BLUE) (3)

दिनको पहिलो खेलमा थ्री स्टार क्लबले संकटा क्लबसंग ३-२को पराजय व्येहोर्यो| संकटाका लागि दिपेन्द्र केसीले १९ मिनेटमा खाता खोलेपनि थ्री स्टारका कप्तान अरुज सिंहले २७औं मिनेटमा बराबरी गोल फर्काए| संकटाका कप्तान संजोक राइले ३७औं मिनेटमा गोल गर्दै पुन: संकटलाई अग्रता दिलाए|

दोश्रो हाफमा आक्रामक देखिएको थ्री स्टारका लागि आदित्य शाक्यले कर्नरमा आएको बललाई हाफ भलीबाट गोल गर्दै ७८औं मिनेटमा बराबरी गोल गरे तर ८८औं मिनेटमा बक्स भित्र ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई संकटाका सुमन डंगोलले गोल गरे र जित सुनिश्चित गरे|

अर्को खेलमा गोलरक्षकहरुले बिर्सनलायक प्रदर्शन गरेपछि नेपाल पुलिस क्लबले सरस्वति युवा क्लबमाथि ५-३को जित रच्यो| पुलिसका लागि एलन थापाले ह्याट्रिक गरे भने क्षितिज राज जिटि र सगुन कार्कीले एक-एक गोल गरे| सरस्वतिका ओम प्रकाश  सिंहले दुइ र मिंग्मा शेर्पाले एक गोल गरेका थिए|

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.