default_image

5 years ago

October 27, 2019

रियललाई उछिन्दै एटलेटिकोद्वारा बार्सिलोनासँग बराबरी

109 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा एटलेटिको म्याड्रिडले घरेलु मैदानमा एथ्लेटिक बिल्बाओलाई २-० ले पराजित गरेको छ । यससँगै एटलेटिकोले अंक तालिकामा रियल म्याड्रिडलाई उछिन्दै शीर्षस्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ ।

दोस्रो मिनेटमा नै एटलेटिकोका गोलरक्षक जान ओब्लाकले इनिगो मार्टिनेजको हेडर बचाउँदै खेल गोलरहित राखेका थिए । खेलको २८ औं मिनेटमा साउल निगुएजले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६४ औं मिनेटमा एन्जल कोरियाको क्रसमा अल्भारो मोराटाले गोल गर्दै अग्रता दोब्बर पारे । पछिल्लो तीन खेल नै बराबरीमा रोकिएको एटलेटिकोले यस महिना पहिलो जित दर्ता गरेको हो ।

यस जितसँगै एटलेटिको शीर्षस्थानको बार्सिलोनासँग अंक बराबरी गर्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एटलेटिकोले १० खेलमा ५ जित, ४ बराबरी र १ हारसँगै १९ अंक जोडेको छ भने बार्सिलोनाको ९ खेलमा ६ जित, १ बराबरी र २ हारसँगै १९ अंक नै छ । गोलअन्तरमा बार्सिलोना अगाडी छ ।

तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको ९ खेलमा १८ अंक छ । रियल र बार्सिलोना दुवै यस साता खेल्ने छैनन् । यद्यपि १७ अंक बोक्दै पाँचौ स्थानमा रहेको ग्रानाडासँग लिगको शीर्षस्थानमा उक्लने अवसर छ । आइतबार हुने खेलमा रियल बेटिसलाई पराजित गरे ग्रानाडा शीर्षस्थानमा पुग्नेछ ।

March 1, 2025

धनगढी एफसीको ट्यालेन्ट हन्ट – ४ खेलाडी छनोट

धनगढी (हाम्रो खेलकुद)- धनगढी एफसीको ट्यालेन्ट हन्ट बाट ४ फुटबल खेलाडी छनोट भएका छन् । नेपाल सुपर लिग‌( एनएसएल) तेस्रो संस्करणका लागि धनगढी एफसीले शनिवार धनगढी स्थित रंगशालामा गरेको ट्यालेन्ट हन्टमा ४ जना खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा दिनेश नेपाली (गोलकिपर), सुमित सार्की (फरवार्ड), सोयम चौधरी (डिफेन्डर) र सन्दीप धामी (मिडफिल्डर) रहेका छन् […]

March 1, 2025

झापा एफसीको पूर्वेलीसँग सहयोगको अपेक्षा

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग ( एनएसएल) टोली झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाबासीलाई झापा एफसीको अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् । बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै उनले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टोली भएकाले सबै पूर्वेलीसँग सहयोगको अपेक्षा रहेको बताए । अध्यक्ष खड्काले यो पटकको एनएसएल च्याम्पियन बन्नेगरी तयारी सुरु […]

March 1, 2025

प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]

Success

Thank you for your time.