default_image

5 years ago

October 26, 2019

सिल्भाको कीर्तिमानमा सिटीको जित

84 views

0 Bookmark

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले शनिबार प्रिमियर लिगमा एस्टन भिल्लालाई ३–० ले हराएको छ । सिटीको जितमा रहिम स्टर्लिङ, डेभिड सिल्भा र इके गोन्डुगोनले गोल गरेका थिए ।


सिल्भाले क्लबबाट कीर्तिमानी २ सय ६७ औं पटक पहिलो रोजाइमा प्रिमियर लिग खेलेका छन् । पहिलो हाफमा गोल गर्न नसकेपछि सिटीले दोस्रो हाफको सुरुवात मै गोलको खाता खोलेको थियो । ६५ औं मिनेटमा डि ब्रुएनेले गोल गरे । गोन्डागुनले ७० औं मिनेटमा गोल गर्दै सिटीको जित पक्का गरे ।

जितमा १० खेलाडीमा सिमित हुँदै सिटीले खेलको अन्त्य गरेको थियो । फर्नाडिन्होले खेलेको अन्त्यतिर दोहोरो पहेलो कार्डको सामना गर्दै मैदान छाडेका थिए । लगातार तेस्रो जितपछि सिटी लिभरपुलभन्दा ३ अंकले पछाडि छ । शीर्षस्थानको लिभरपुलले आइतबार टोटेनह्यामको सामना गर्नेछ । भिल्ला १३ औं स्थानमा झरेको छ ।

March 1, 2025

धनगढी एफसीको ट्यालेन्ट हन्ट – ४ खेलाडी छनोट

धनगढी (हाम्रो खेलकुद)- धनगढी एफसीको ट्यालेन्ट हन्ट बाट ४ फुटबल खेलाडी छनोट भएका छन् । नेपाल सुपर लिग‌( एनएसएल) तेस्रो संस्करणका लागि धनगढी एफसीले शनिवार धनगढी स्थित रंगशालामा गरेको ट्यालेन्ट हन्टमा ४ जना खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा दिनेश नेपाली (गोलकिपर), सुमित सार्की (फरवार्ड), सोयम चौधरी (डिफेन्डर) र सन्दीप धामी (मिडफिल्डर) रहेका छन् […]

March 1, 2025

झापा एफसीको पूर्वेलीसँग सहयोगको अपेक्षा

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग ( एनएसएल) टोली झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाबासीलाई झापा एफसीको अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् । बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै उनले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टोली भएकाले सबै पूर्वेलीसँग सहयोगको अपेक्षा रहेको बताए । अध्यक्ष खड्काले यो पटकको एनएसएल च्याम्पियन बन्नेगरी तयारी सुरु […]

March 1, 2025

प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]

Success

Thank you for your time.