default_image

5 years ago

October 26, 2019

रियलका रोड्रीगो ब्राजिलियन टोलीमा, नेयमार परेनन्

126 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका युवा फरवार्ड रोड्रीगो पहिलोपटक ब्राजिलियन राष्ट्रिय फुटबल टोलीमा परेका छन् । प्रशिक्षक टिटेले मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टोलीमा नेयमार भने चोटका कारण विश्राम दिएका छन् ।

ब्राजिलले मैत्रीपूर्ण खेल अन्तर्गत नोभेम्बर १५ मा साउदी अरेबियामा हुने खेलमा अर्जेन्टिनाको सामना गर्दैछ । त्यसको ४ दिनपछि नै ब्राजिलले आबुधबीमा हुने खेलमा दक्षिण कोरियासँग खेल्नेछ । प्रशिक्षक टिटेले ब्राजिलियन लिगमा खेल्ने कुनै खेलाडीलाई टोलीमा राखेका छैनन् । ब्राजिलियन लिगको अन्तिम चरण चलिरहेको कारण उनले युरोपेली लिगका अधिकांश खेलाडी समेटेका हुन् ।

टोलीमा एस्टन भिल्लाका डग्लस लुइज पनि पहिलो पटक टोलीमा समेटिएका छन् । रोमाका गोलरक्षक ड्यानीएल फुजातो र रियल बेटिसका डिफेन्डर एमरसन पनि टोलीमा पहिलोपटक रहेका छन् ।

ब्राजिल टोली :

गोलरक्षक – एलिसन, एडरसन, ड्यानीएल फुजातो

डिफेन्डर – ड्यानीलो, एमरसन, एलेक्स स्यान्ड्रो, रेनान लोडी, थियागो सिल्भा, मर्किन्होस, एडर मिलिसाओ, फिलिपे

मिडफिल्डर – क्यासेमिरो, आर्थर, फाबिन्हो, डग्लस लुइज, फिलिपे कोउटिन्हो, लुकास पाकेटा, विलियन

फरवार्ड – डेविड नेरेस, रोबर्टो फिर्मिनो, ग्यब्रिएल जेसस, रोड्रीगो, रिचार्लीसन

March 1, 2025

धनगढी एफसीको ट्यालेन्ट हन्ट – ४ खेलाडी छनोट

धनगढी (हाम्रो खेलकुद)- धनगढी एफसीको ट्यालेन्ट हन्ट बाट ४ फुटबल खेलाडी छनोट भएका छन् । नेपाल सुपर लिग‌( एनएसएल) तेस्रो संस्करणका लागि धनगढी एफसीले शनिवार धनगढी स्थित रंगशालामा गरेको ट्यालेन्ट हन्टमा ४ जना खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा दिनेश नेपाली (गोलकिपर), सुमित सार्की (फरवार्ड), सोयम चौधरी (डिफेन्डर) र सन्दीप धामी (मिडफिल्डर) रहेका छन् […]

March 1, 2025

झापा एफसीको पूर्वेलीसँग सहयोगको अपेक्षा

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग ( एनएसएल) टोली झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाबासीलाई झापा एफसीको अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् । बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै उनले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टोली भएकाले सबै पूर्वेलीसँग सहयोगको अपेक्षा रहेको बताए । अध्यक्ष खड्काले यो पटकको एनएसएल च्याम्पियन बन्नेगरी तयारी सुरु […]

March 1, 2025

प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]

Success

Thank you for your time.