default_image

5 years ago

October 25, 2019

मनाङलाई लाइसेन्स दिँदा एन्फालाई मोटो जरिवाना

101 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

गतवर्षको ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबलाई प्रक्रिया नपुग्दा नपुग्दै क्लब लाइसेन्स दिएको कारण एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई मोटो जरिवानासहित कारवाही गरेको छ ।

नेपालको लिग च्याम्पियनको हैसियतले एएफसी कप २०१९ को समूह चरणमा प्रतिस्पर्धा गरेको मनाङ क्लब लाइसेन्स प्राप्त गर्न योग्य नहुँदापनि एन्फाले लाइसेन्स दिएको एएफसीको ठहर छ । मनाङ लिग च्याम्पियनको हैसियतले एएफसी कपमा खेलेको थियो । एएफसीले पछिल्लो केहिवर्षयता क्लब लाइसेन्स अबलम्बन गर्न एन्फालाई बारम्बार भनिरहेको छ । त्यसका लागि विभिन्न कार्यशाला तथा कार्यक्रममा पनि एन्फा कर्मचारीहरु सहभागी हुँदै आएका छन् । तर प्रक्रिया नपुग्दै मनाङलाई लाइसेन्स दिने एन्फाको निर्णय अयोग्य सावित भएपछि एएफसीले कारवाही गरेको हो ।

एएफसी कप क्लब लाइसेन्सिङ नियमावलीको ४ सी (ए) को उल्लङ्घन गरेको आरोपमा एएफसीले एन्फालाई ३५ हजार अमेरिकी डलर जरिवाना गर्ने भएको हो । यद्यपि एएफसीको अनुशासन नियमावलीको ३४.१ र ३४.३ को अधिनमा रहेर एएफसीले दुई वर्षको कार्यमूल्यांक अवधिका लागि २५ हजार डलर जरिवाना भने स्थगन गरिएको छ । यदि यस समयभित्र सोहि किसिमको गल्ति दोहोरिएको खण्डमा जरिवाना स्वत: तिर्नुपर्नेछ भने नयाँ जरिवाना त्यसमा थप हुनेछ । एन्फाले स्थगन नगरिएको १० हजार अमेरिकी डलर भने ३० दिनको समयभित्र तिर्नुपर्ने उल्लेख छ ।

एएफसीले क्लब लाइसेन्स प्रदान गर्न विभिन्न आधार तोकेपनि नेपालको अवस्था देखेर विगतमा केहि सहजता अपनाउँदै आएको थियो । तर योग्यता मापन गर्ने मापदण्ड पूरा नहुँदै एन्फाले एएफसी समक्ष लाइसेन्स प्रदान गर्न परिपत्र गरेपछि एएफसीले गतवर्ष नेपालका ९ क्लबलाई लाइसेन्स प्रदान गरेको थियो ।

एन्फाले ‘ए’ डिभिजन लिगका १२ मध्ये लिग च्याम्पियन सिग्नेचर मनाङ–मर्स्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबसहित नेपालका ९ ‘ए’ डिभिजन क्लबले एएफसी कप खेल्ने क्लब लाइसेन्सका लागि योग्य ठहर गरेको थियो । एएफसी कपको लागि तोकेको मापदण्ड पुरा गरेको भन्दै १४ क्लबले आवेदन दिएपनि ९ क्लबलाई एन्फाले त्यसबेला योग्य ठहराएको थियो ।

त्यसबेला क्लब लाइसेन्स पाउनेमा रुस्लान थ्री स्टार, त्रिभुवन आर्मी क्लब, च्यासल युथ क्लब, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, सिएमजी क्लब संकटा, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब र लिग च्याम्पियन मनाङ रहेका थिए । क्लब लाईसेन्स प्राप्तको लागि क्लबहरुले मैदान, खेलाडी सम्झौता, प्रशिक्षक संख्या, मार्केटिङ, मिडिया म्यानेजर, आर्थिक योजनालगायतका १८ मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । नेपाली क्लबहरुले आफ्नो छुट्टै घरेलु मैदान तोक्ने स्थिति नहुँदा एएफसीले एन्फाको मैदानलाई घरेलु मैदान मान्न पाउने व्यवस्था गरेको थियो ।

यसअघि एन्फाको गल्तीका कारण नै थ्री स्टारले एएफसी कप २०१७ को दोस्रो चरण खेल्न बन्चित भएको थियो । पहिलो चरण पार गरेको थ्री स्टार एन्फा प्रशासनका कर्मचारीले क्लब दर्ता गर्न असमर्थ भएपछि दोस्रो चरण खेल्ने अवसर गुमाएको थियो । त्यसै कारण थ्री स्टार विरोधस्वरूप लामो समय मैदानबाहिर रहन बाध्य भएको थियो ।

एन्फामा नयाँ कार्यसमितिको आगमन भएपनि प्रशासन तथा संघका नियमित कार्यसंचालन गर्ने कर्मचारी परिवर्तन नहुँदा लगातार एन्फामा कमजोरी हुँदै आएको हो । एन्फाको नयाँ कार्यसमितिले यसअघि कर्मचारी नियमावली प्रस्तुत गर्दै योग्य कर्मचारी मात्र संघमा राख्ने भनेपनि त्यसको अबलम्बन हुन सकेको छैन ।

March 1, 2025

प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]

March 1, 2025

मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

Success

Thank you for your time.