default_image

5 years ago

October 25, 2019

पेपेको दुई फ्रिकिक गोलमा आर्सनलको जित

118 views

0 Bookmark

एजेन्सी – खेलको अन्त्यतिर निकोलस पेपेले फ्रिकिकमा दुई दर्शनीय गोल गरेपछि इंग्लिस क्लब आर्सनलले पोर्चुगिज क्लब भिटोरिुया डि गुइमारेसमाथि रोमाञ्चक जित निकालेको  छ ।

इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा आर्सनलले भिटोरियामाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । आर्सनलका निकोलस पेपेले दुई तथा गाब्रियल मार्टिनेलीले गोल गरे । पाहुना टोलीका मार्कुस इडवार्ड र ब्रुनोले गोल गरे ।

खेलको आठौं मिनेटमा मार्कुसको गोलबाट पाहुना टोली खेलमा १–० ले अघि बढ्यो । ३२औं मिनेटमा गाब्रियल मार्टिनेलीले बराबरी गोल फर्काए । त्यसको ४ मिनेटपछि ब्रुनोले गोल गरेपछि आर्सनल पहिलो हाफमा २–१ ले पछि परेको थियो ।

अन्तिम १० मिनेट बाँकी रहँदा निकोलस पेपेले फ्रिकिकमा दुई गोल गर्दै आर्सनललाई ३–२ को जित दिलाए ।  ८०औं मिनेटमा झन्डै २५ यार्डमा प्राप्त फ्रिकिकमा पेपेको लेफ्ट फुटेट प्रहार फार बर्टम कर्नरमा गोल हुदा खेल २–२ गोलको बराबरीमा पुगेको थियो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा पेपेले पुनः फ्रिकिकमा गोल गर्दै आर्सनललाई ३–२ को रोमाञ्चक जित दिलाए ।

जितसँगै अपराजित रहेको आर्सनल समूह ‘एफ’ मा ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा छ । भिटोरिया अंकविहीन हुदै पुछारमा छ ।

अन्य नतिजा

रोमाविरुद्ध बोरुसिया मोन्चेग्लावाच (१–१)

एजेट अल्कामारविरुद्ध एफसी एस्ताना (६–०)

सिएसकेए मस्कोविरुद्ध फेरेन्कभारोस (०–१)

स्लोभान ब्राटिसलाभाविरुद्ध वल्भ्स (१–२)

बेसिक्टासविरुद्ध ब्रागा (१–२)

इस्तानुबुल बासकसेहिरविरुद्ध वल्सवर्गर एसी (१–०)

एफसी पोर्टाेविरुद्ध रेन्जर्स (१–१)

योङ ब्वाइजविरुद्ध फियोनोर्ड (२–०)

क्वारावागविरुद्ध अपोइल निकोसिया (२–२)

पर्टीजान बियोग्राडविरुद्ध म्यानचेस्टर युनाइटेड (०–१)

सेन्ट इटिनेविरुद्ध एफसी ओलेक्सान्द्रिया (१–१)

जेन्टविरुद्ध वल्सवर्ग (२–२)

लुडोगोरेट्सविरुद्ध इस्पान्योल (०–१)

फ्रन्कफर्टविरुद्ध स्टान्डर्ड लिग (२–१)

रेनिसविरुद्ध सिएफआर क्लज (०–१)

डाइनामो किभविरुद्ध एफसी कोपेनहेवन (१–१)

सेल्टिकविरुद्ध लाजियो (२–१)

पीएसभी इन्डोभेनविरुद्ध लास्क (०–०)

सेभिल्लाविरुद्ध एफ ९१डुडेलेन्ज (३–०)

माल्मोविरुद्ध लुगानो (२–१)

गेटाफेविरुद्ध एफसी बसेल (०–१)

स्पोर्टिङ लिस्वनविरुद्ध रोजेनवर्ग (१–०)

ट्रावजोन्सपरविरुद्ध एफसी क्रासनोडर (०–२)

March 1, 2025

प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]

March 1, 2025

मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

Success

Thank you for your time.