5 years ago
October 25, 2019
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा सर्वियन क्लब पार्टीजान बियोग्राडलाई पराजित गरेको छ । युनाइटेडले पार्टीजानलाई उसकै मैदानमा १–० को संघर्षपुर्ण जित हात पारेको हो ।
युनाटेडको जितमा एन्थोनी मार्सियालले पहिलो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । बियाग्राडमा बिहीबार राति भएको खेलको ३७औं मिनेटमा जेसे लिङ्गार्डको प्रहार पोस्टमा लागेर फर्कियो । ४०औं मिनेटमा उमार सदिकको प्रहार पनि पोस्टमा लागेर फर्कदा घरेलु टोलीले अग्रता लिने अवसर खेर फाल्यो ।
४३औं मिनेटमा युनाइटेडलृ पेनाल्टीको मौका पायो । ब्रान्डन विलियम्सलाई नेमान्जा मिलिटिकले पेनाल्टी बक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।
५३औं मिनेटमा सिदौउवा सुमाहको प्रहार युनाइटेडका गोलरक्षक सर्जियो रोमेरोले बचाए , त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड १–० ले विजयी हुन सफल भयो । जितसँगै समूह ‘एल’ मा युनाइटेड ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पार्टीजान ४ अंक जोडेर तेस्रो स्थानमा छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]