5 years ago
October 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ ‘सशस्त्र प्रहरी महानिरीक्षक कप’ को टिम च्याम्पियन बनेको छ । हल्चोकस्थित नेपाल एपीएफ क्लबको मुख्यालयमा बिहीबार समापन भएको च्याम्पियनसिपमा ७ स्वर्ण, २ रजत र २ कास्य पदकसहित कुल ११ पदक प्राप्त गरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ च्याम्पियन बनेको हो ।
फुटबल, भलिबल र एथलेटिक्सका विभिन्न इभेन्ट्स समावेश गरिएको च्याम्पियनसिपमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयका १–१ टिम गरी कुल ९ टिमका ४ सय ७३ जना खेलाडीको प्रतिस्पर्धा गरेको थियो ।
बिहीबार भएको फुटबलतर्फको फाइनलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीलाई ३–० ले पराजित गरी फुटबलतर्फको उपाधि हात पारेको हो ।
यसैगरी, भलिबलतर्फको फाइनल खेलमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीलाई पराजित गर्दै च्याम्पियन बनेको छ ।
च्याम्पियन टोलीले ५० हजार रुपैया हात पा¥यो । विजयी टोलीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्षसरिता कर्णेल खनाल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसी, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ, सशस्त्र प्रहरी नायव महानिरीक्षक नरेन्द्रकुमार सिंह, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव बिक्रम शाही, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, अग्नि इन्कर्पोरेटेड प्रालि (महिन्द्रा) का कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मालगायतले पुरस्कृत गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा संगठनभित्र छरिएर रहेका प्रतिभावान खेलाडीको पहिचान गर्न यस प्रतियोगिता फलदायी रहने बताए । सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिको आयोजनामा सञ्चालित उक्त प्रतियोगिता कात्तिक ३ गतेदेखि सञ्चालन भएको थियो ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]