default_image

5 years ago

October 28, 2019

कतार विश्वकपका लागि ईपीएलले ९ दिन अघिमात्रै खेलाडी छाड्ने

110 views

0 Bookmark

एजेन्सी – घरेलु फुटबलको सबैभन्दा लोकप्रिय इंग्ल्यान्डको इंग्लिस प्रिमियर लिग (इपिएल) ले कतार विश्वकप २०२२ का लागि ९ दिन अघिबाट मात्रै खेलाडी रिलिज गर्ने योजना बनाएको छ ।

कतार विश्वकप २०२२ यसपटक विन्टर सिजनमा अर्थात २१ नोभेम्वरदेखि आयोजना हुदैछ । यसअघिका संस्करणहरु समर सिजनमा हुदै आएको थियो । समर सिजनमा कतारको तापक्रम ४० डिग्रीभन्दा माथि रहने भएकाले विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले विन्टरमा खेल गराउने निर्णय गरेको थियो ।

लिगलाई प्रभावित नपार्ने उद्देश्यले इपिइएलले यस्तो योजना अघि सारेको हो । प्रिमियर लिगले १२ नोभेम्वरमा विश्वकप अघि राउन्डको खेल राख्ने प्रस्ताव अघि सारेको छ । विश्वकप भर ६ साता विश्राम रहनेछ पनि प्रस्तावमा उल्लेख छ ।

यस्तै दुई साता हुने विन्टर ब्रेकमा खेलहरु गराउने योजना पनि अघि सारेको छ । यसका लागि इपिएलले अर्काे महिना शेयर होल्डरसँग छलफल गर्ने बुझिएको छ । युइएफए र च्याम्पियन्स लिग र युरोपा लिगको खेल तालिका सन् २०२१ को लागि तयार पार्ने योजना बनाएको छ ।

March 1, 2025

धनगढी एफसीको ट्यालेन्ट हन्ट – ४ खेलाडी छनोट

धनगढी (हाम्रो खेलकुद)- धनगढी एफसीको ट्यालेन्ट हन्ट बाट ४ फुटबल खेलाडी छनोट भएका छन् । नेपाल सुपर लिग‌( एनएसएल) तेस्रो संस्करणका लागि धनगढी एफसीले शनिवार धनगढी स्थित रंगशालामा गरेको ट्यालेन्ट हन्टमा ४ जना खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा दिनेश नेपाली (गोलकिपर), सुमित सार्की (फरवार्ड), सोयम चौधरी (डिफेन्डर) र सन्दीप धामी (मिडफिल्डर) रहेका छन् […]

March 1, 2025

झापा एफसीको पूर्वेलीसँग सहयोगको अपेक्षा

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग ( एनएसएल) टोली झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाबासीलाई झापा एफसीको अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् । बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै उनले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टोली भएकाले सबै पूर्वेलीसँग सहयोगको अपेक्षा रहेको बताए । अध्यक्ष खड्काले यो पटकको एनएसएल च्याम्पियन बन्नेगरी तयारी सुरु […]

March 1, 2025

प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]

Success

Thank you for your time.