5 years ago
October 25, 2019
एजेन्सी –स्पेनिस ला लिगाको सबैभन्दा महत्वुर्ण ‘एल क्लासिको’ नयाँ मिति तय भएको छ । नयाँ मिति अनुसार अब स्थगित एल क्लासिको १८ डिसेम्वरमा हुने भएको छ ।
स्पेन स्वसाशित क्षेत्र क्याटलोनियामा द्धन्द्ध बढेपछि स्पेनिस ला लिगा आयोजक र रोयल स्पेनिस फुटबल संघले २६ अक्टोवरलाई तय भएको ‘एल क्लासिको’ स्थगित गरेको थियो । नयाँ मिति तय भएसँगै बार्सिलोनाले तीन साताको अवधिमा ६ महत्वपुर्ण खेलमा प्रतिस्पर्धा गनुपर्ने भएको छ । बार्सिलोनाले नोभेम्वर २८ मा च्याम्पियन्स लिगमा बोरुसिया डर्टमन्डसँग घरेलु मैदानमा खेल्नेछ । १ डिसेम्वरमा एट्लेटिको मड्रिड, ८ डिसेम्वरमा रियल मार्लाेका, १० डिसेम्वरमा च्याम्पियन्स लिगमा इन्टर मिलान, १५ डिसेम्वरमा रियल सोसिडाड र १८ डिसेम्वरमा रियालसँग खेल्नुपर्ने भएको छ ।
स्थगित ‘एल क्लासिको’ बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा नै हुनेछ । ‘एल क्लासिको’ अघि रियाललाई भने केही सहज खेल परेको छ । तर, यो सिजनमा पनि रियालले निकै संघर्ष गरिरहेको छ ।
बार्सिलोनाको खेल तालिका
नोभेम्वर २८ – बोरुसिया डर्टमन्ड (च्याम्पियन्स लिग, होम
१ डिसेम्वर – एट्लेटिको मड्रिड (ला लिगा, अवे)
८ डिसेम्वर – रियल मर्लाेका (ला लिगा, होम)
१० डिसेम्वर – इन्टर मिलान (च्याम्पियन्स लिग, अवे)
१५ डिसेम्वर – रियल सोसिडा (ला लिगा, अवे)
१८ डिसेम्वर – रियाल म्याड्रिड (ला लिगा, होम)
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]