5 years ago
October 24, 2019
एजेन्सी – बार्सिलोना कप्तान लिओनेल मेस्सीले यूईएफए च्याम्पियन्स लिगमा नयाँ किर्तिमान रचेका छन् । बुधबार स्लाभिया प्राहाविरुद्ध जितमा गोल गर्दै लगातार १५ औं सिजन च्याम्पियन्स लिगमा गोल गर्ने कीर्तिमान कायम गरेका हुन् ।
मेस्सीले जारि सिजन चोटका कारण सुरुवाती केहि खेल गुमाएका थिए । हाल चोटबाट मुक्त भएपछि पूर्ण रुपमा मैदान फर्किएका मेस्सीले च्याम्पियन्स लिगमा यस सिजन खाता खोल्ने क्रममा कीर्तिमान कायम गरेका हुन् । उनले आर्थरको पासलाई सदुपयोग गर्दै विपक्षी गोलरक्षकलाई बिट गरेर गोल गरेका थिए ।
मेस्सीले प्राहाविरुद्ध गोल गर्दै अर्को कीर्तिमान पनि बराबरी गरेका छन् । उनले च्याम्पियन्स लिगमा समग्रमा ३३ औं फरक टोलीविरुद्ध गोल गरेका हुन् । यसअघि राउल र क्रिस्टियानो रोनाल्डोले पनि ३३ फरक टोलीविरुद्ध गोल गर्दै कीर्तिमान कायम गरेका थिए ।
लगातार १५ सिजनमा गोल गर्ने कीर्तिमान कायम गरेपनि च्याम्पियन्स लिगको फरक सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान भने रायन गिग्सको नाममा छ । गिग्सले म्यानचेस्टर युनाइटेडबाट खेल्दै १६ फरक सिजनमा गोल गर्दै कीर्तिमान कायम गरेका छन् ।
यो पनि पढ्नुहोस् :
आयाक्समाथि जितसँगै चेल्सी शीर्षस्थानमा
च्याम्पियन्स लिगमा मेस्सीको कीर्तिमान
चेम्वरलेनको दुई गोलमा लिभरपुलको शानदार जित
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]