default_image

5 years ago

October 24, 2019

डर्टमन्डमाथि इन्टर मिलानको सहज जित

96 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब इन्टर मिलानले जर्मन क्लब बोरुसिया डर्टमन्डमाथि सहज जित निकालेको छ । स्टेडियो गुइसेप्पी मिज्जा मिलानोमा बुधबार राति भएको खेलमा घरेलु टोली इन्टर मिलानले डर्टमन्डमाथि २–० को सहज जित हात पारेको हो ।

इन्टरको जितमा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज र एन्टेनियो क्यानड्रेभाले गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको २२औं मिनेटमा लोउटारो मार्टिनेजको गोलबाट अग्रता लिएको थियो । उनले स्टेफान डि भिरिजको पासलाई सदुपयोग गरेका थिए ।

एक गोलले पछि परेपछि पाहुना टोलीले घरेल टोलीमाथि बल पोजेसन राख्दै दवावमा राखेपनि गोल गर्न असमर्थ बन्यो । खेल सकिन १ मिनेट बाँकी रहँदा क्यानड्रेभाले गोल गर्दै इन्टर मिलानको जित पक्का गरे । त्यसअघि ८२औं मिनेटमा लोउटारो मार्टिनेजले पेनाल्टी चुकाएका थिए ।

जितसँगै समूह ‘एफ’ मा इन्टर ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ४ अंक रहेपनि डर्टमन्ड तेस्रो स्थानमा छ । बार्सिलोना समूह ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । प्राहा १ अंक जोडेर पुछारमा छ ।

यो पनि पढ्नुहोस् :

आयाक्समाथि जितसँगै चेल्सी शीर्षस्थानमा

च्याम्पियन्स लिगमा मेस्सीको कीर्तिमान

चेम्वरलेनको दुई गोलमा लिभरपुलको शानदार जित

डर्टमन्डमाथि इन्टर मिलानको सहज जित

स्लाभियामाथि बार्सिलोनाको कठिन जित

March 1, 2025

प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]

March 1, 2025

मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

Success

Thank you for your time.