default_image

5 years ago

October 24, 2019

स्लाभियामाथि बार्सिलोनाको कठिन जित

119 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग फुटबलमा कठिन जित निकालेको छ । इडेन एरिना प्राहामा बुधबार राति भएको खेलमा बार्सिलोनाले स्लाभिया प्राहामाथि २–१ को कठिन जित निकालेको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सीले गोल गरे भने एक आत्मघाती गोल उपहार पाएको थियो । घरेलु टोलीका जान बोरिलले एक गोल फर्काए । खेलको तेस्रो मिनेटमा नै कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोना खेलमा अघि बढेबो थियो । उनले अर्थरको पासमा सदुपयोग गरेका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको घरेलु टोलीले दोस्रो हाफको सुरुवातमै बराबरी गोल फर्कायो । ५०औं मिनेटमा जान बोरिलले लुकास मासोपस्टको पासमा बराबरी गोल फर्काएका थिए ।

त्यसको ७ मिनेटपछि बार्सिलोनाले आत्मघाती गोलबाट अग्रता बनायो । कप्तान लियोनेल मेस्सीको फ्रिकिकमा लुइस सुआरेजको क्रसलाई पिटर ओलायिन्काले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेको थियो । त्यसपछि थप गोल गर्न नसक्दा बार्सिलोना २–१ ले विजयी रहन सफल भयो । जितसँगै बार्सिलोना समूह ‘एफ’ मा ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । प्राहा १ अंक जोडेर पुछारमा छ ।

यो पनि पढ्नुहोस् :

आयाक्समाथि जितसँगै चेल्सी शीर्षस्थानमा

च्याम्पियन्स लिगमा मेस्सीको कीर्तिमान

चेम्वरलेनको दुई गोलमा लिभरपुलको शानदार जित

डर्टमन्डमाथि इन्टर मिलानको सहज जित

स्लाभियामाथि बार्सिलोनाको कठिन जित

March 1, 2025

प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]

March 1, 2025

मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

Success

Thank you for your time.