5 years ago
October 23, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेले सबैभन्दा कम उमेरमा च्याम्पियन्स लिगमा १५ गोल पूरा गर्ने बार्सिलोना कप्तान लियोनल मेस्सीको कीर्तिमानलाई तोडेका छन् ।
एमबाप्पेले २० वर्ष र ३ सय ६ दिनको उमेरमा च्याम्पियन्स लिगमा १५ गोल पूरा गरेका छन् । च्याम्पियन्स लिगमा मंगलबार राती पिएसजीले क्लब ब्रुगलाई ५–० ले हराउँदा एमबाप्पेले ह्याट्रिक गरेका थिए । पीएसजीका लागि बाँकी २ गोल माउर्को इकार्डीले गरेका थिए । एमबाप्पे ५२ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए ।
मैदान प्रवेश गरेको नवौं मिनेटमा उनले पहिलो गोल गरे । इकार्डीको दोस्रो गोलका लागि पास मिलाइदिएका एमबाप्पेले दोस्रो गोल ८० औं मिनेटमा गरे । ८३ औं मिनेटमा एन्जेल डि मारियाको पासमा गोल गर्दै एमबाप्पेले ह्याट्रिक पूरा गरे । जसले उनलाई कीर्तिमानी खेलाडीका रुपमा स्थापित गराएको छ । यसअघि बार्सिलोनाका सुपरस्टार मेस्सीले २१ वर्ष २ सय ८८ दिनमा १५ गोल पुरा गर्ने कीर्तिमान बनाएका थिए ।
एमबाप्पे २० वर्षको उमेरमा च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले २१ वर्ष लाग्नुअघि नै १७ गोल पुरा गरेका छन् । त्यस्तै २१ वर्षको उमेरमा च्याम्पियन्स लिगमा १२ गोल गर्दै करिम बेन्जिमा दोस्रो स्थानमा छन् । मेस्सीले रियल म्याड्रिडका महान खेलाडी राउलको कीर्तिमान तोडेका थिए । राउलले २२ वर्ष १ सय ६३ दिनमा च्याम्पियन्स लिगमा १५ गोल पुरा गरेका थिए ।
यसैगरी एम्बाप्पे १० वर्षभन्दा लामो समयपछि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै ह्याट्रिक प्रहार गर्ने पहिलो खेलाडी बने । यसअघि सन् २००८ मा भिल्लारियलबाट खेल्दै जोसेबा लोरेन्टले आलबर्गविरुद्ध दोस्रो हाफमा ह्याट्रिक गरेका थिए । समूह चरणका ३ खेलपछि ९ अंकसहित पिएसजी समूह एको शीर्षस्थानमा छ । ५ अंक कम रहेको रियल म्याड्रिड दोस्रो स्थानमा छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]