default_image

5 years ago

October 23, 2019

रेड स्टारको पोस्टमा टोटेनहमको ५ गोल, बायर्नको संघर्ष

85 views

0 Bookmark

एजेन्सी – यो सिजन निकै संघर्ष गरिरहेको इंग्लिस क्लब टोटेनहम हस्टपरले युइएफए च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ । घरेलु मैदानमा टोटेनहमले सर्वियन क्लब रेड स्टार बेल ग्रेडमाथि ५–० को फराकिलो जित निकालेको हो ।

टोटेनेहमको फराकिलो जितमा कप्तान ह्यारी केन र ह्युङ मिन सनले समान २–२ गोल गरे । इरिक लमेलाले एक गोल थपे । खेलको शुरुवात देखि नै रेड स्टारलाई दवावमा राखेको टोटेनहमले खेलको नवौं मिनेटमा कप्तान ह्यारी केनको गोलबाट खेलमा अग्रता लिएको थियो । उनले इरिक लमेलाको पासमा गोल गरेका थिए ।

१६औं मिनेटमा लमेलाकै पासमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पा¥यो । ४४औं मिनेटमा एन डोम्वेलेको पासमा सनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटेनहमले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो ।

अघिल्ला दुई गोलका लागि अवसर सिर्जना गरेका इरिकले ५७औं मिनेटमा गोल गरेपछि टोटेनहम फराकिलो जिततर्फ अग्रसर बन्यो । ७२औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ५–० को फराकिलो जित दिलाए । टोटेनहमको यो पहिलो जित हो । जितसँगै टोटेनहमलले समूह ‘बी’ मा ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । रेडस्टार ३ अंकसहित तेस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा जर्मन क्लब बायर्न म्युनिखले ग्रीसको ओलम्पियाकोसमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको छ ।  बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले दुई तथा टोलिसोले एक गोल गरे । घरेलु टोलीक युसेफ अल अरवी र गुइलहेर्मेले गोल गरे ।

जितसँगै बायर्न ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा यथावत छ । १ अंक जोडेको ओलम्पियाकोस पुछारमा छ ।

March 1, 2025

प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]

March 1, 2025

मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

Success

Thank you for your time.