default_image

5 years ago

October 23, 2019

रहिम चम्कदा सिटी अपराजित

87 views

0 Bookmark

एजेन्सी – इंग्लिस स्टार खेलाडी रहिम स्ट्रलिङको ह्याट्रिक सहयोगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा अपराजित यात्रालाई कायमै राखेका छन् ।

सिटीले इटालियन क्लब एटलान्टामाथि ५–१ को फराकिलो जित निकाल्दै समूह चरणमा अपराजित यात्रा कायमै राख्न सफल भएका हुन् । सिटीको फराकिलो जितका स्ट्रलिङले ह्याट्रिक तथा सर्जियो अगुइरोले दुई गोल गरे । पाहुना टोलीका रुस्लान मालिनोभ्स्कीले सान्त्वना गोल फर्काए ।

रुस्लान मालिनोभ्स्कीको पेनाल्टी म्यानचेस्टर सिटी खेलको २८औं मिनेटमा पछि परेको थियो । तर, एटलान्टाको त्यो अग्रता लामो समय टिकेन । ३४औं मिनेटमा अगुइरोले बराबरी गोल फर्काए । ३८औं मिनेटमा अगुइरोले पेनाल्टीमा गोल गर्दै सिटीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा रहिम चम्कदै ११ मिनेटमा ह्याट्रिक पूरा गरे । ५८औं मिनेटमा फिल फोडेनको पासमा रहिमले पहिलो गोल गर्दा सिटी खेलमा ३–१ ले अघि बढ्यो । ६४औं मिनेटमा इकेए गुन्डोगानको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो ।
६९औं मिनेटमा रियाद महारेजको पासमा रहिमले ह्याट्रिक पूरा गर्दा सिटी ५–१ को फराकिलो जित निकाल्यो ।

८२औं मिनेटमा सिटी १० खेलाडीमा समेटिएपनि त्यसको फाइदा एटलान्टाले उठाउन सकेन । सिटीका फिल फोडेन दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो ।

जितसँगै सिटी समूह ‘सी’ मा ९ अंक जोडेर शीर्षस्थानमा छ । डाइनामो जाग्रिव र साख्तर डोनेस्क समान ४ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा छ । एटलान्टा अंकविहीन हुदै पुछारमा छ । यही समूहको अर्काे खेलमा साख्तर डोनेस्क र डाइनामो जाग्रिवले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

March 1, 2025

प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]

March 1, 2025

मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

Success

Thank you for your time.