default_image

5 years ago

October 23, 2019

गालाटासारेमाथि रियालको कठिन जित

108 views

0 Bookmark

एजेन्सी – मिडफिल्डर टोनी क्रुसको एकमात्र गोलमा स्पेनिस महारथी रियाल म्याड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबलमा कठिन जित निकालेको छ । रियालले घरेलु टोलीमाथि गालाटासारेमाथि १–० को कठिन जित निकालेको हो ।

टर्क टेलिकोम स्टेडियम इस्तानुबलमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा रियालले खेलका पहिलो मिनेटमै गोलको अवसर खेर फालेको थियो । रोड्रिगोको पासमा इडेन हजार्ड चुकेका थिए । १०औं मिनेटमा गालाटासारे गोलको सुन्दर मौकाबाट चुकेको थियो । लगत्तै फ्लोरिन एन्डोनले अर्काे सुन्दर मौका गुमाउन गालाटासारे अग्रता लिनबाट चुकेको थियो ।

१४औं मिनेटमा बेन्जेमाको पासमा रोड्रिगोको प्रहार गोलरक्षक फर्नान्डो मुसलेराले बचाए ।  १८औं मिनेटमा इडेन हजार्डको पासमा टोनी क्रुसले गोल गर्दै रियाललाई अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीले पाएको केही अवसर गुमाउदा रियाललाई पहिलो हाफका् एक गोल नै जितको लागि निर्णायक बन्यो ।

जितसँगै रियाल ३ खेलबाट ४ अंक जोडेर समूह ‘ए’ मा दोस्रो स्थानमा उक्लिएको छ । अपराजित रहेको पीएसजीले ३ खेलबाट ९ अंक जोडेको छ । क्लब ब्रग २ अंक जोडेर तेस्रो स्थानमा छ । गालाटासारे १ अंक जोडेर पुछारमा छ ।

March 1, 2025

प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]

March 1, 2025

मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

Success

Thank you for your time.