5 years ago
October 23, 2019
एजेन्सी – स्टार फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिक सहयोगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा पीएसजीले बेल्जियन क्लब ब्रगमाथि उसकै मैदानमा ५–० को फराकिलो जित निकालेको हो । पीएसजीको फराकिलो जितमा एमबाप्पेको ह्याट्रिक तथा मोउरो इकार्डीले दुई गोल गरे ।
बेल्जियम ब्रगमा पीएसजीले खेलको सातौ मिनेटमा एन्जल डी मारियाको पासमा मोउरो इकार्डीको गोलमा पहिलो हाफमा १–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक खेलमा पीएसजीले दोस्रो गोलको लागि ६१औं मिनेट कुर्नुपरेको थियो ।
६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटपछि इकार्डीले एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी खेलमा ३–० ले अघि बढ्यो ।
७९औं मिनेटमा डि मारियाको पासमा एमबाप्पेले व्यक्तिग दोस्रो गाल गर्दा पीएसजी खेलमा ४–० को आरामदायी स्थितिमा अघि बढ्यो । ८३औं मिनेटमा डि मारियाकै पासमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दै पीएसजीलाई ५–० को फराकिलो जित दिलाए ।
जितसँगै समूह ‘ए’ मा अपराजित रहेको पीएसजीले ३ खेलबाट ९ अंक जोडेको छ । क्लब ब्रग २ अंक जोडेर तेस्रो स्थानमा छ । रियाल म्याड्रिड ४ अंक जोडेर दोस्रो तथा गालाटासारे १ अंक जोडेर पुछारमा छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]