5 years ago
October 22, 2019
एजेन्सी – गएको वर्षको विजेता क्रोएसिया तथा स्पेनिस क्लब रियाल म्याड्रिडका मिडफल्डर लुका मोड्रिच बालोन डि ओरको प्रारम्भिक सुचीमा अटाएका छैनन् । फ्रेन्च फुटबल एसोसिएसनले सोमबार राति सार्वजनिक गरेको ३० सदस्यीय सुचीमा मोड्रिच नपरेका हुन् ।
सुचीमा च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब लिभरपुलका ७ खेलाडी सुचीमा अटाएका छन् । लिभरपुलबाट मोहम्मद सलाह, साडियो माने, भर्जिल भान डाइक, रोवर्टाे फिर्मिनो, एलिसन बेकर, जर्जिन्हो विज्नल्डम र ट्रेन्ट एलेक्सन्डर अर्नाेल्ड अटाएका छन् ।
सुचीमा आधुनिक फुटबलका हस्ती तथा ५–५ पटकको विजेता युभेन्टसका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनेल मेस्सी पनि अटाएका छन् ।
यस्तै अघिल्लो वर्ष च्याम्पियन्स लिगमा सनसनी मच्चाएका डच क्लब आयाक्सबाट यसैसिजन क्लब छाडेकासहित ४ खेलाडी प्रारम्भिक सुचीमा परेका छन् । यस्तै स्पेनिस क्लब बार्सिलोनाबाट लियोनेल मेस्सी, मार्क आन्द्रे टेर स्टेगन र यसै सिजन क्लबमा आएकासहित ४ खेलाडी सुचीमा अटाएका छन् ।
प्रारम्भिक सुची:
साडियो माने – लिभरपुल, सर्जियो अगुएरो – म्यानचेस्टर सिटी, फ्रान्की डि जोङ – आयाक्स/बार्सिलोना, ह्युगो लोरिस – टोटेनहम हस्टपर, डुसान टाडिक – आयाक्स, केलियन एमबाप्पे – पीएसजी, ट्रेन्ट एलेक्सडर अर्नाेल्ड – लिभरपुल, डोनी भान डि बिक – आयाक्स, पिएर एमेरिक औबामियाङ – आर्सनल, मार्क आन्द्रे टेर स्टेगन – बार्सिलोना, क्रिस्टियानो रोनाल्डो – युभेन्टस, एलिसन बेकर – लिभरपुल, म्याथ्थिज डि लिग्ट – आयाक्स/युभेन्टस, करिम बेन्जेमा – रियाल म्याड्रिड, जर्जिन्हो वाइनाल्डम – लिभरपुल, भर्जिल भान डाइक – लिभरपुल, बर्नाडो सिल्भा – म्यानचेस्टर सिटी, ह्युङ मिन सन – टोटेनहम हस्टपर, रोवर्ट लेवान्डोस्की – बायर्न म्युनिख, रोबर्टाे फिर्मिनो – लिभरपुल, लियोनेल मेस्सी – बार्सिलोना, केभिन डि ब्रुयन – म्यानचेस्टर सिटी, कलिडोउ कोउलीवाली – नेपोली, रियाद महारेज – म्यानचेस्टर सिटी, एन्टोइन ग्रिजमन – एट्लेटिको मड्रिड/बार्सिलोना, मोहम्मद सलाह – लिभरपुल, जोओ फेलिक्स – बेन्फिका/एट्लेटिको मड्रिड, इडेन हजार्ड – चेल्सी/रियाल म्याड्रिड, मार्किन्योस – पीएसजी,रहिम स्टर्लिङ – म्यानचेस्टर सिटी
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]