9 years ago
June 14, 2016
काठमाडौँ, ३२ जेठ
ललित स्मृति यु-१८ फुटबल प्रतियोगिता २०७३ अन्तर्गत मंगलबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई २-१ले पराजित गरेको छ|
सुशान्त चौधरीको २५औं मिनेटको गोलले अग्रता लिएको जावलाखेलले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता गुमायो| आर्मीका कप्तान अभिषेक रिजालको हेडिंगलाई गोलकिपरले रोक्न सकेनन र ४५औं मिनेटमा खेल १-१ भयो| दोश्रो हाफमा थप आक्रामक देखिएको जावलाखेलको आक्रमण निस्तेज पर्दै गोलरक्षक अर्पण कार्कीले आर्मीलाई १-१को स्थितिमा राखे| खेलको ८०औं मिनेटमा सुमन अर्यालको क्रसलाई सदुपयोग गर्दै हेड मार्फत गोल गर्दै प्रेजेन तामाङले आर्मीको जित पक्का गरे|
जितसंगै आर्मीका प्रशिक्षक चक्र तामाङले खेलाडीहरु चाहे भन्दा बढी आत्मविश्वास लिएर खेलेकाले राम्रो प्रदर्शन गर्न नसकेको बताए| अब खेल संगै प्रदर्शनमा पनि क्रमिक सुधार आउने तामाङले बताए|
जावालाखेलक प्रशिक्षक नरेश थापाले भने आफ्नो टोलीको फिटनेस राम्रो नहुनाले हार व्येहोरेको बताए| अन्तिम समयमा खेलको पकड गुमेको कारण खेल हरेको उनले स्पष्टोक्ति दिए|
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]