default_image

5 years ago

October 21, 2019

बेल र मोड्रीचले च्याम्पियन्स लिगमा नखेल्ने

101 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका लागि स्टार खेलाडीद्वय ग्यारेथ बेल र लुका मोड्रीचले च्याम्पियन्स लिगको अर्को खेल गुमाउने भएका छन् ।

रियलले मंगलबार राति समूह चरणको तेस्रो खेलमा टर्कीको गालाटासरेसँग प्रतिस्पर्धा गर्दैछ । चोटका कारण रियलसँग बेल र मोड्रीचको साथ् रहने छैन । शनिबार भएको खेलमा पनि दुवै खेलाडी उपस्थित रहेका थिएनन् । जिदानले यी दुईसँगै ड्यानी कार्भाजल, इडेन हाजार्ड र टोनी क्रुसलाई पनि मालोर्काविरुद्ध खेलमा विश्राम दिएका थिए । नतिजा रियल १-० ले पराजित हुन् पुगेको थियो ।

च्याम्पियन्स लिगका लागि भने क्रुस, हाजार्ड र कार्भाजल टोलीमा समावेश भएका छन् । हाजार्ड आफ्नो बच्चाको जन्म भएकाले छुट्टिमा रहेका थिए भने क्रुसको सामान्य चोट ठिक भइसकेको छ । कार्भाजललाई प्रशिक्षक जिदानले च्याम्पियन्स लिगका लागि भनेर नै विश्राम दिएका थिए । लुकास भाज्केज भने अझपनि चोटका कारण मैदानबाहिर रहनेछन् ।

च्याम्पियन्स लिगमा रियलले यसपटक बिर्सनलायक सुरुवात गरेको छ । समूह ए मा रहेको रियल अंक तालिकाको पुछारमा छ । पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ३-० ले पराजित भएपछि दोस्रो खेलमा क्लब ब्रुजसँग बराबरीमा रोकिएको थियो । रियल एक समय ब्रुजविरुद्ध २-० ले पछाडी परेपनि २-२ को बराबरी गर्न सफल रहेको थियो । अंक तालिकामा पीएसजीको ६ अंक छ भने क्लब ब्रुजको २ तथा रियल र गालाटासरेको १-१ अंक रहेको छ ।

March 1, 2025

प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]

March 1, 2025

मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

Success

Thank you for your time.