5 years ago
October 21, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार चिर परिचित प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेल १-१ को बराबरीमा टुंगिएको छ ।
युनाइटेडको घरेलु मैदानमा लिभरपुलले अन्तिम समयमा गोल गर्दै हार टारेको हो । यससँगै लिभरपुलले जारि सिजन शत प्रतिशत जितको सिलसिलालाई भने निरन्तरता दिन सकेन । लगातार १८ औं लिग जितको लक्ष्यमा रहेको लिभरपुलले अंक बाँड्दै अपराजित यात्रालाई भने निरन्तरता दिएको छ ।
खेलको ३६ औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले ड्यानीएल जेम्सको क्रसलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफमा नै लिभरपुलका लागि साडियो मानेले गोल गरेका थिए । तर भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को निर्णयअनुसार उक्त गोल ह्याण्डबल भएका कारण मान्य हुन सकेन ।
खेल सकिन ५ मिनेट बाँकी रहँदा लिभरपुलले गोल फर्काएको थियो । एन्डी रोबर्टसनको क्रसमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका एडम लाल्लानाले बराबरी गोल फर्काएका थिए । थप समयमा गोल हुन नसक्दा लिभरपुलले शीर्षस्थानमा अग्रता बनाउने अवसर गुमायो । लिभरपुल प्रिमियर लिगमा ९ खेलमा २५ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १९ अंक रहेको छ । म्यानचेस्टर युनाइटेड ९ खेलमा १० अंकसहित १३ औं स्थानमा रहेको छ ।
लिभरपुलले अब च्याम्पियन्स लिगअन्तर्गत बुधबार गेन्कको घरेलु मैदानमा खेल्नेछ । युनाइटेडले बिहीबार युरोपा लिगमा पार्टीजान बेलग्रेडसँग प्रतिस्पर्धा गर्नेछ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]