5 years ago
October 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ को छनोटमा प्रतिस्पर्धा गरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीले म्यानमार र इंग्ल्यानडको ‘सी’ टिमसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे जानकारी गराएको हो । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोट खेलिरहेको नेपालले ७ नोभेम्वरमा मनडालेमा म्यानमारसँग मैत्रीपुर्ण खेल खेल्नेछ ।
इंग्ल्यान्डको ‘सी’ टिमसँग २५ मार्च २०२० मा खेल हुने एन्फाले जनाएको छ । खेल एल्डरसट टाउन फुटबल क्लबमा हुने छ ।
इंग्ल्यान्डसँग खेल्ने व्यवस्था नेसनल लिग सिस्टम र फुटबल अपरेसन डिभिजन अफ फुटबल एसोसिएसनका अभ्यक्ष लरेन्स जोन्स र इंग्ल्यान्डका नेपाली राजदुत डक्टर दुर्गा बहादुर सुवेदीले मिलाएका हुन् ।
विश्वकप छनोटको चार अवे खेलमा नेपाल समूह ‘बी’ मा ३ अंक जोडेर चौथो स्थानमा रहेको छ । अब सबै चार होम खेल त्रिपुरेश्वरस्थित दरशथ रंगशालमा हुनेछ । नेपालले पहिलो होम म्याच नोभेम्वर १९ मा दशरथ रंगशालामा खेल्दैछ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]