5 years ago
October 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली फुटबल महासंघ (एएफसी) का पुर्वउपाध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पुर्व अध्यक्ष गणेश थापाको आत्मकथा ‘गणेश थापा’ प्रकाशन हुने भएको छ ।
बुकहिल पब्लिकेसनबाट प्रकाशन हुने आत्मकथाको आइतबार एक कार्यक्रमका बीच आवरण सार्वजनिक गरिएको छ ।
आत्मकथा फागुनका प्रकाशित हुने प्रारम्भिक तयारी रहेको छ । पुस्तक गणेश थापा आफैंले लेखेका हुन् । सहलेखन तथा सम्पादन कान्तिपुर दैनिकका हिमेशरत्न बज्राचार्यले गर्नेछन् । आत्मकथाको आवरण सार्वजनिक कार्यक्रममा थापाले नेपाली फटबलको बिकासक्रममका साथै आफुले पाएको सफलता, चर्चा र विवाद लगायतलाई सबै कोणबाट फुटबलको केन्द्रविन्दुलाई समेटिएको बताएका छन् ।
‘३५ वर्ष नेपाली फुटबलमा बिताएको छु । एकपक्षीय कुराबाट मैले मेरो कुरा राख्ने कुनै मौका नै पाइन । कसैलाई दोष दिने भन्दापनि सत्यतथ्य आउनुपर्दछ । यो ५ वर्षको अवधिमा त्यही पीडालाई पोख्ने प्रयास गरेको छु,’ थापाले भने, ‘जिउँदोमा एकदम खराव मान्छे भनिरहँदा मेरो मृत्युपछि गणेश थापा राम्रो मान्छे भनेर रंगशला वा एन्फा परिसरमा नराखियोस् । मेरो आत्मले शान्ति पाउने छैन । मृत्युपछि यसरी नजोडी दिनुहोला ।’
थापाले आफुसँग जोडिएका चर्चित काण्डहरु भष्ट्राचार गरेको अभियोगमा लेखा समितिले गरेको निर्णय, अख्तियार दुरुपयोग अनुसन्धानआयोगको निर्णय, फुटबलको सर्वाच्च निकाय फिफाको निर्णय, एएफीका तत्कालिन अध्यक्ष मोहममद विन हमामसँगको सम्बन्धको विषय समेटिएको उल्लेख गरेका छन् ।
उनले पुस्तक आत्मश्लाघाको पुलिन्दा नहोस् भनेर नै सकेजति इमान्दार र सत्यको नजिक रहेर लेख्ने प्रया रहेको र राष्ट्रिय फुटबल टोलीको कप्तानी गर्दै नेपाललाई दलाएको सफलताको रोचक गाथाहरु पनि समेट्ने प्रयास रहेको बताएका छन् ।
‘कतिपय अवस्थामा म कसैसँग नराम्रो भए होलान् । तर, सत्य तथ्य कुरा बाहि आउनैपर्छ । नत्र मैले फुटबलमा समर्पण गरेको मेरो उर्जाशील समयको अवमुल्यन हुने ठानेर नै आत्मकथा लेख्ने प्रयास गरेको हुँ, ’ थापाले भने, ‘तर, यो मेरो सफाईको लागि नभई सत्यतथ्य उजागर गर्न र जनमानसम्म पुर्याउन यो आत्मकथा लेख्ने प्रयास गरिएको हो ।’ आत्मकथामा विगतको नेपाली फुटबल र वर्तमानो नेपाली फुटबललाई पनि समेट्ने प्रयास गरिएको कार्यक्रममा थापाले बताए ।
आत्मकथाका सहलेखक हिमेश रत्न बज्राचार्यले उनको आत्मकथालाई सत्यतथ्य रुपमा लेखिने र पत्रिकाको लेखन र पुस्तक खेलन फरक रहेको बताएका छन् ।
पत्रकार सम्मेलनको भिडियो:
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]