default_image

5 years ago

October 20, 2019

युनाइटेडको मैदानमा लिभरपुल फेभरेट

91 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेडले लिगमा उच्च प्रदर्शनसहित अपराजित रहेको मर्सिसाइड क्लब लिभरपुलको आतिथ्यता गर्दैछ । खेल ओल्ड ट्राफोर्डमा नेपाली समयअनुसार ९ः१५ बजे शुरु हुनेछ ।

लिभरपुलले ओल्ड ट्राफोर्डमा पाँच वर्षयता जित हात पार्न सकेको छैन । लिभरपुल पाँच वर्षयता, पहिलो जित रच्दै चोटिलो म्यानचेस्टर युनाइटेडको घाउमा नुन थप्ने लक्ष्यमा हुनेछ । लिभरपुल प्रिमियर लिगको पछिल्ला १७ खेलमा अपराजित रहँदा युनाइटेडविरुद्ध पनि सोही नतिजा दोहोर्‍याउने लक्ष्यमा हुनेछ ।

पहिलो रोजाईका गोलरक्षक एलिसन बेकरबाहेक लिभरपुलका सबै खेलाडी फिट छन् । अन्तर्राष्ट्रिय विश्रामा अघि लेस्टरविरुद्ध २–१ को जित निकालेको खेलमा चोट बोकेका मोहम्मद सलाह खेल्ने नखेल्नेमा शंका छ ।

यता, चोटसँग जुधिरहेको म्यानचेस्टर लिभरपुलको अपराजित यात्रामा पूर्णविराम लगाउने लक्ष्यमा मैदान उत्रनेछ । युनाइटेडलाई घरेलु मैदान र समर्थकको साथ छ । लिभरपुलविरुद्ध दुई प्रभावशाली खेलाडी पाउल पोग्बा र डेविड डी हेया टोलीमा हुनेछैन । यद्दपि युवा फरवार्ड मासन ग्रीनवुड र मार्कुस रासफोर्डले टोलीको अग्रपङ्ति सम्हाल्नेछन् । डेभिड डी हेयाको स्थानमा सर्जियो रोमेरोले युनाइटेडको पोस्ट सम्हाल्ने पक्का छ । पोग्वाको स्थानमा नेमान्जा मेटिक हुन सक्नेछन् ।

नयाँ सिजनको आठ खेलमात्रै सकिँदा शीर्षस्थानको लिभरपुल २४ अंक जोडेर शीर्षस्थानमा रहँदा युनाइटेड १५ अंकले पछि छ । युनाइटेड १४औं स्थानमा छ । म्यानचेस्टर सिटीले शनिबार क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गर्दै शीर्षस्थानको लिभरपुललाई दवाव बढाइरहेको छ ।

March 1, 2025

प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]

March 1, 2025

मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

Success

Thank you for your time.