9 years ago
June 14, 2016
काठमाडौं (हाम्रो खेलकुद)–दशरथ रंगशालामा नयाँ शक्तिको घोषणा सभाका कारण दुई दिन स्थगित ललित स्मृति यु १८ फुटबल प्रतियोगिता आज पुनः सुरु हुँदैछ । नयाँ शक्तिले जेठ ३० गते रंगशालामा पार्टी घोषणा कार्यक्रम राखेपछि एन्फाले दुई दिन प्रतियोगिता स्थगित गरेको थियो । रंगशालामा आज दिउँसो ४ बजे हुने समूह बीअन्तर्गतको खेलमा त्रिभुवन आर्मी क्लब र जाउलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । लुम्बिनी समूहको अर्को टोली हो ।
प्रतियोगिता उद्घाटन जेठ २९ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको थियो । समूह ए अन्तर्गतको त्यो पहिलो खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र एपिएफले २–२ को बराबरी खेलेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा प्रतियोगिता आयोजना गरेको हो । श्रेष्ठको गतबर्ष जेठ २९ गते करेन्ट लागेर मृत्यु भएको थियो ।
प्रतियोगितामा ८ ए डिभिजन र ४ काठमाडौं बाहिरका गरि १२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरि लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराइएको छ । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्नेछन् ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]