5 years ago
October 20, 2019
एजेन्सी – जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले संघर्षपुर्ण जित निकाल्दा बायर्न म्युनिख बराबरीमा रोकिएको छ । डर्टमन्डले शीर्षस्थानमा रहेको बोरुसिया मोन्चेग्लावाचलाई १–० ले पराजित गरेको हो ।
डर्टमन्डका जितमा कप्तान मार्काे रिउसले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । सिग्नल इडुना पार्कमा प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसरहरु खेर फालेको थियो ।
३३औं मिनेटमा थोर्गान हजार्डल गोल गरेपछि भिएआरको सहायताले गोलको मान्यता पाएन । तर, ५८औं मिनेटमा थोर्गान हजार्डकै पासमा कप्तान रिउसले गोल गर्दै डर्टमन्डलाई अग्रत दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमन्ड १–० ले विजयी हुन सफल भयो ।
जितसँगै डर्टमन्ड ८ खेलबाट १५ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित मोन्चेग्लावाच समान खेलबाटै १६ अंक जोडेर शीर्षस्थानमा छ ।
अर्काे खेलमा जित नजिक पुगेर पनि बायर्न म्युनिख अग्ववर्गसँग २–२ गोलको बराबरीमा रोकिएको छ । खेलको पहिलो मिनेटमै मार्काे रिचटरको गोलबाट बायर्न पछि परेको थियो । १४औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काए ।
४९औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई खेलमा २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा अल्फ्रेड फिनवोगासनले गोल गरेपछि बायर्न जितबाट वञ्चित बन्यो । बराबरीपछि बायर्न १५ अंकसहित तेस्रो स्थानमा छ । अग्सवर्ग ६ अंक जोडेर १५औं स्थानमा छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]