5 years ago
October 20, 2019
एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रियल जेससले म्यानचेस्टर सिटीका लागि ५०औं गोल पूरा गरेको खेलमा सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ ।
सिटीले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । अर्काे एक गोल डेभिड सिल्भाले गरे । घरेलु टोलीलाई दवावमा राखेपनि सिटीको गोलको लागि ३९औं मिनेट कुर्नुपरेको थियो । ३९औं मिनेटमा ब्राजिली ग्याब्रियल जेससले बर्नाडो सिल्भाको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए ।
सिटीका लागि यो जेससको ५०औं गोल हो । उनले ११० खेलमा ५० गोलको आँकडा पार गरेका हुन् । जेसस २०१७ मा ब्राजिली क्लब पाल्मेरसबाट सिटीमा अनुबन्धित भएका थिए ।
त्यसको दुई मिनेटपछि रहिम स्ट्रलिङको पासमा कप्तान डेभिड सिल्भाले गोल गर्दै सिटीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
५२औं मिनेटमा रहिम चुके । ६८औं मिनेटमा जेससको प्रहारलाई गोलरक्षक वेने हेन्नेसेले बचाइदिए । ७२ औ मिनेटमा जेससको अर्काे प्रहारलाई गोलरक्षकले विफल पारिदिए ।
७६औं मिनेटमा क्रिस्टियन बेन्टेकेको शक्तिशाली हेडर सिटीका गोलरक्षक इडर्सन मोरेसले बचाउदा प्यालेस गोल अन्तर कम गर्नबाट चुक्यो । ८१औं मिनेटमा केभिन डि ब्रुयनको हेडर पोस्टमा लाग्दै बाहिरियो । त्यसपछि दुवै टोलीले पाएको केही मौका खेर फालेपनि सिटी विजयी हुन सफल भयो ।
जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी छोट्याएको छ । सिटी ९ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा छ । एक खेल कम खेलेको शीर्षस्थानको अपराजित रहेको लिभरपुलको २४ अंक छ । पराजित क्रिस्टल प्यालेस १४ अंकसहति छैटौ स्थानमा छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]