5 years ago
October 20, 2019
एजेन्सी – पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको गोलसँगै युभेन्टसले इटालियन सिरी ‘ए’ मा विजयी भएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा युभेन्टसले बोलोग्नालई २–१ ले पराजित गरेको हो ।
अर्काे एक गोल मिरालेम पिजानिकले गोल गरे । पाहुना टोलीका डानिलोले सान्त्वना गोल फर्काए । एलिनाज स्टेडियममा खेलको १९औं मिनेटमा रोनाल्डोको गोलबाट युभेन्टसले शुरुवाती अग्रता बनाएको थियो । तर, युभेन्टसको त्यो अग्रता लामो समय टिकेन । २४औं मिनेटमा डानिलोले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
५४औं मिनेटमा मिरालेम पिजानिकले गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस विजयी हुन सफल भयो । खेलभन्दा अघि रोनाल्डोले आफ्नो करियरको ७०० गोल अंकित जर्सी सार्वजनिक गरेको थियो ।
जितसँगै युभेन्टस ८ खेलबाट २२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित बोलोग्ना ९ अंक जोडेर १२औं स्थानमा छ । १८ अंक जोडेको इन्टर मिलान दोस्रो स्थानमा छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]