default_image

5 years ago

October 20, 2019

बेल र हजार्डविना रियालको पहिलो हार

83 views

0 Bookmark

एजेन्सी – स्टार खेलाडीद्धय ग्यारेथ बेल र इडेन हजार्डविना स्पेनिस ला लिगामा रियाल म्याड्रिडले सिजनको पहिलो हार बेहोरेको छ । ला लिगामा सिजनको पहिलो हार बेहोर्ने क्रममा रियाल मलोर्कासँग १–० ले स्तब्ध बनेको हो ।

मलोर्कामा शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको रियाललाई स्तब्ध बनाउन जुनियर लागोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले एलेक्स फेवेसको पासमा खेलको सातौ मिनेटमा गोल गरेको थियो ।

सम्हालिन नपाउदै एक गोलले पछि परेको रियाालले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि मलोर्काको बलियो रक्षापङ्ति तोड्न नसक्दा सिजनको पहिलो हार बेहोर्न बाध्य बन्यो ।  रियाल ७४औं मिनेटमा १० खेलाडीमा समेटियो । अल्भेरो ओर्डिजोला दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि रियाल समस्यामा परेको थियो ।

हारपछि रियालले शीर्षस्थानमा पूनरागमन गर्ने मौका गुमाएको छ । रियाल ९ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रियाल भन्दा बार्सिलोना १ अंकले अघि रहँदै शीर्षस्थानमा छ । बार्सिलोनाले शनिबार साँझ मात्रै इवरलाई ३–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको थियो । मलोर्का ९ खेलबाट १० अंक जोडेर १४औ स्थानमा छ ।

यता, एट्लेटिको मड्रिडले १० खेलाडीमा समेटिएको भ्यालेन्सियासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एट्लेटिकोका डिएगो कोस्टा र भ्यालेन्सियाका ड्यानियल पारेजोले बराबरी गोल फर्काए । इन्ज्युरी समयमा भ्यालेन्सियाका काङ इन लि रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो ।

बराबरीपछि एट्लेटिको १६ अंक जोडेर चौथो स्थानमा छ । भ्यालेन्सिया १३ अंक जोडेर सातौ स्थानमा छ । गेटाफेले लेगानेसलाई २–० ले हरायो ।

March 1, 2025

प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]

March 1, 2025

मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

Success

Thank you for your time.