default_image

5 years ago

October 19, 2019

मेस्सी, सुआरेज र ग्रिजमनको गोलसँगै बार्सिलोना शीर्षस्थानमा

92 views

0 Bookmark

एजेन्सी – कप्तान लियोनेल मेस्सी र फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमन र लुइस सुआरेजको गोलसँगै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बार्सिलोनाले इवरलाई उसकै मैदानमा ३–० को सहज जित निकाल्दै ला लिगाको शीर्षस्थानमा उक्लिएको हो । बार्सिलोनाले एक खेल कम खेलेको स्पेनिस महारथी रियाल म्याड्रिडलाई १ अंकले पछि पारेको हो ।

बार्सिलोनाको ९ खेलबाट १९ अंक पुगेको छ । रियालको ८ खेलबाट १८ अंक रहेको छ । पराजित इवर ९ अंकसहित १४औं स्थानमा छ । आजै राति रियालले ग्रानडासँग खेल्दैछ । यो खेलमा जित हात पारे रियाल पुनः शीर्षस्थानमा फर्किनेछ ।

म्युनिसिपल डि इपुरुवामा शनिबार साँझ बार्सिलोनाले खेलको १३औं मिनेटमा ग्रिजमनको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ग्रिजमनले क्लेमेन्ट लेङ्लेटको पासमा गोल गरेका थिए ।

घरेलु टोलीलाई दवावमा राख्दै दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो । ५८औं मिनेटमा कप्तान मेस्सीले ग्रजमनको पासमा गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाए । ६७औं मिनेटमा लुइस सुआरेजले कप्तान मेस्सीको पासमा गोल गर्दै बार्सलोनाको ३–० को जित पक्का गरे ।

March 1, 2025

मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

Success

Thank you for your time.