default_image

5 years ago

October 21, 2019

‘क्लबकै पदाधिकारीका कारण नेयमार फर्काउन असम्भव’ – मेस्सी

88 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सीले पुर्व सहयात्री ब्राजिल तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारलाई क्लबमा फर्काउन असम्म्भ रहेको बताएका छन् ।

नेयमारका लागि गत समरमा बार्सिलोनाले अनुबन्धको प्रयास गरेपनि अन्तिमा समयमा सफल हुन सकेको थिएन । सम्भवतः बार्सिलोनाले विन्टर सिजनमा पनि नेयमार अनुबन्धको प्रयास गर्नेछ । तर, कप्तान मेस्सीले क्लबकै केही पदाधिकारीका विरोधका कारण नेयमारलाई क्लबमा फर्काउन नसकिएको बताउछन् । मेट्रो ९५.१ सँगको अन्तरवार्तामा मेस्सीले यस्तो कुरा बाहिर ल्याएका हुन् ।

‘अब नेयमारलाई फर्काउन गाह्रै छ । क्लब र केही पदाधिकारीले पनि नेयमारलाई अनुबन्ध गर्न चाहेका छैनन् । यदि यो खेलकुदको लागि हो भने सम्भव छ । किनभने नेयमार विश्वकै राम्रो खेलाडी हो । तर, मैले यसको कारक बुझेको छु ।’ मेस्सीले अन्तरवार्तामा भने ।

‘अब बार्सिलोनाले नेयमारको विषयमा हात झिके सान्तोषका पुर्व फरवार्ड उनलाई रियाल म्याड्रिडमा जानेमा म विस्वस्त छु । किनकी नेयमार फ्रान्स छाड्ने मनासयमा नै छ । यसका लागि रियाल म्याड्रिड र क्लबका अध्यक्ष फियोरेन्टिना पेरेजले केही पक्कै गर्नेछ ।’

नेयमार२०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन मा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । यसै सिजन क्लब छाड्ने बताइरहँदा पार्क डि प्रिन्सेसमा समर्थकहरुले नेयमार आउट भन्ने ब्यानर नै प्रदर्शन गरे । २७ वर्षीय नेयमारले पीएसजीका लागि ५८ खेलमा ५१ गोल गरिसकेका छन् । नेयमार ह्यामस्ट्रिङ चोटका कारण अहिले विश्राममा छन् ।

नाइजेरियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल दौरान नेयमारले खलेको १२औं मिनेटमा चोट बोकेका थिए । उनी नोभेम्वर दोस्रो सातादेखि खेलमा फर्कने विश्वास गरिएको छ ।

March 1, 2025

प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]

March 1, 2025

मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

Success

Thank you for your time.