5 years ago
October 19, 2019
एजेन्सी – इंग्ल्यान्डका युवा स्टार मासन ग्रीनउडले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडमा सम्झौता नवीकरण गरेका छन् । ग्रीनवुडले सम्झौता अवधि एक वर्ष बाँकी छदै शुक्रबार युनाईटेडसँग नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
अब उनी जुन २०२३ सम्म युनाइटेडमा रहने छन् । इंग्ल्यान्डको यु–२१ टोलीका महत्वपुर्ण सदस्य रहिसकेका १८ वर्षे ग्रीनवुड युनाइटेडकै उत्पादन हुन् ।
२०१८ मा व्यवसायिक रुपमा युनाइटेडमा अनुबन्धित भएका ग्रीनवुडले गत मेमा कार्डिभ सिटीविरुद्व डेब्यु गर्ने मौका पाएका थिए । उनी युनाइटेडबाट डेब्युमै पुरा समय खेल्ने खेलाडीको सुचीमा छन् । त्यसपछि उनी लगातार प्रशिक्षक ओले गनर सोल्सजरको नजरमा छन् ।
उनले पहिलो रोजाईमा खेल्दै लिड्स र इन्टर मिलानविरुद्ध गोल गरेका थिए ।
‘७ वर्षको उमेर देखि युनाइटेडको एकेडेमीमा छु । यहाँको प्रशंसकहरुसँगै हुर्कन पाउँदा र पहिलो टिमबाट खेल्न पाउँदा साँच्चिकै सपना साकार भए जस्तो लागेको छ ।’ ग्रीनडउडले सम्झौता नवीकरणपछि भने ।
प्रशिक्षक सोल्सजरले ग्रीनवुड निकै प्रतिभाशाली रहेको र उनले क्लबमा रोमेलु लुकाकु, एलेक्सिस सान्चेज र चोटसँग जुधिरहेका एन्थोनी मार्सियलको स्थान लिइरहेको बताए ।
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]