default_image

5 years ago

October 19, 2019

डि मारियाको दुई गोलमा पीएसजीको फराकिलो जित

89 views

0 Bookmark

एजेन्सी – विङ्गर डि मारियाको दुई गोलसँगै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फराकिलो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले ९ खेलाडीमा समेटिएको नाइसलाई उसकै मैदानमा ४–१ को फराकिलो जित निकालेको हो ।

पीएसजीको जितमा एन्जल डि मारियाले दुई तथा केलियन एमबाप्पे र मौउरो इकार्डीले समान १–१ गोल गरे । नाइसका इगनाटस गनागोले सान्त्वना गोल फर्काए ।

एलिनाज रिभेइरा स्टेडियममा पीएसजीले खेलको १५औं मिनेटमा डि मारियाको गोलबाट खेलमा शुरुवाती अग्रता बनायो । उनले मौउरो इकार्डीको पासमा गोल गरेका थिए । २१औं मिनेटमा मारियाले थोमस म्युनियरको पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।

६७औं मिनेटमा इग्नाटसले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, त्यसपछि दुई मिनेटको अन्तरमा नाइस ९ खेलाडीमा समेटिएपछि घरेलु टोली समस्यामा परेको थियो । वेलान सिप्रिन दोहोरो पहेँलो कार्ड तथा क्रिस्टोफो हेरेले सोझै रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । यसको फाइदा पीएसजीले उठायो ।

८३औं मिनेटमा पाब्लो सारावियाको स्थानमा मैदान प्रवेश गरेका केलियन एमबाप्पेले ८८औं मिनेटमा गोल गर्दै खेललाई ३–१ को आरामदायी अवस्थामा ल्याए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मौउरो इकार्डीले गोल गर्दै पीएसजीलाई ४–१ को फराकिलो जित दिलाए ।

जितसँगै पीएसजी १० खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित नाइस १३ अंकसहित नवौं स्थानमा छ ।

March 1, 2025

मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

March 1, 2025

बायर्नको पुनरागमन जित

एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]

Success

Thank you for your time.