10 years ago
August 31, 2015
नेपाल र भारतले सोमबारको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीमा चित्त बुझाएका छन् । दुबै टोली गोल गर्नबाट पटक पटक चुकेका थिए ।
नेपाली टोलीको रक्षापक्ति र गोलकिपर किरण चेम्जोङ उच्च प्रदर्शन गरेपनि फरवार्डलाइन पुनः गोल गर्नबाट असफल भएको छ । नेपालले सबै खाले अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्न नसकेको ८ खेल पुगिसकेको छ । दुई बर्षअघि काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा भारतलाई २–१ ले हराएयता नेपालले कुनै पनि खेलमा गोल गर्न सकेन ।
सोमबारको खेलमा पनि नेपाली टोलीले विपक्षी टोलीमाथि खासै आक्रमण गर्न सकेन । कप्तान सागर थापासहित सन्दीप राईको ठाँउमा खेलेका यु–१९ का अनन्त तामाङ, रोहित चन्द सोही खेलमार्फत ५० क्याप जितेका विराज महर्जन, रविन श्रेष्ठको रक्षापक्तिले भारतीय फरवार्डहरुलाई ९० मिनेटसम्म रोक्न सफल भएका थिए । नेपाल र भारतले बराबरी खेलेको यो लगातार दोस्रो खेल हो । भारत र नेपालले खेलेको यो लगातार दोस्रो गोलरहित बराबरी हो । झन्डै ६ महिना अघि काठमाडौंमा भएको विश्वकप छनोटको दोस्रो लेगमा नेपाल र भारतले गोलरहित बराबरीमा चित्त बुझाएको थियो ।
गुहाटीमा भएको पहिलो लेगमा २–० को जितकै कारण भारतअहिले विश्वकप छनोट दोस्रो चरणमा पुगेको थियो । विश्वकप छनोटको दोस्रो चरणको तयारीकै सिलसिलामा भारतले नेपाललाई मैत्रीपूर्ण खेलको निम्तो दिएको हो । यता नेपालले मैत्रीपूर्ण खेललाई डिसेम्बरमा भारतमै हुने साफ च्याम्पियनसिपको तयारीका रुपमा लिएको छ ।
नेपाल र भारतबीच सोमबारको समेत गरि १८ खेल भइसकेको छ । जसमा नेपालले सन् १९९३ को छैटौं दक्षिण एसियाली खेलकुद (साफ) को फाइनलमा टाइब्रेकरमा जितेसहित ३ खेल आफ्नो पक्षमा पारेको थियो । ३ खेल बराबरीमा टुंगिएका थिए भने १२ खेल भारतले जितेको छ ।
April 21, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबनेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। अन्तिम क्वाटर फाइनल खेलमा आज कर्णाली प्रदेश प्रदेश फुटबल संघलाफ ६-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो। खेलको १८ औं मिनेटमा कर्णालीकी टिना रावतको आत्मघाती गोलबाट एपिएफले अग्रता लियो । ३५ औं मिनेटमा एपिएफकी रेनुका नगरकोटेले […]
April 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीका लागि पहिलो पटक प्रो-लाइसेन्स प्रशिक्षक नियुक्त गर्ने भएको छ । एन्फाले सोमवार सूचना प्रकाशित गर्दै प्रो लाइसेन्स प्राप्त प्रशिक्षकको आवेदन खुला गरेको हो। प्रो लाइसेन्ससँगैउमेर समूह वा राष्ट्रिय टोली सम्हालिसकेको अनुभव हुनुपर्ने सर्त राखिएको छ। कम्तिमा दुई वर्षको प्रशिक्षण अनुभव भएको हुनुपर्ने पनि […]
April 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा श्री कुमारी क्लब छैटौं स्थानमा उक्लिएको छ। आज टुसाल युथ क्लबलाई श्री कुमारीले २-१ गोल अन्तरले हरायो। एन्फा कम्प्लेक्समा भएको खेलको खेलको ११ औं मिनेटमा श्री कुमारीले अग्रता बनायो। निशान्त प्रधानले ११ औं मिनेटमा गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ७६ औं मिनेटमा विनोद […]